युवराज नयाँघरेसँग बैंककमा साहित्यिक अन्तर्क्रिया
निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेसँग थाई नेपाली साहित्यप्रेमीहरूले बैंककमा साहित्यका विविध विधामाथि अन्तरसम्वाद गरेका छन्। ‘मदन पुरस्कार’ विजेता नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा प्रवासी नेपाली, थाई नेपाली र म्यान्माली नेपालीहरूले आ-आफ्ना रचना र विचार पनि प्रस्तुत गरेका छन्। साहित्यकार नयाँघरेले स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने बताए। ‘म्यान्माली नेपाली साहित्यकारले थाइल्यान्ड बसाइँको अनुभव कलात्मक ढंगले निरन्तर सिर्जना गरिरहनु, राम्रो गर्दै जानू, यहीँ मेरो शुभकामना छ,’ उनले भने।
बिएल संवाददाता - बैंकक, थाइल्यान्ड