शनिबार, १८ अप्रिल २०२६

यस्तो छ, आजको फलफूल तथा तरकारीको बजार मूल्य

यसैगरी आज आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६२, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ५० तथा भन्टा डल्लो प्रतिकिलो ६० रुपैँयामा खरिद–बिक्री भैरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पाकिस्तानमा रेल ‘हाइज्याक’: ४०० यात्रु बन्धक, केही यात्रुको उद्धार, गोलीवारी जारी

बलुचिस्तानको बलुच लिबरेशन आर्मीको समूहले मंगलबार एउटा रेल अपहरण गरेको थियो। पेशावर जाँदै गरेको उक्त रेललाई विद्रोही समूहले ट्र्याकमा विष्फोट गरी सुरुङभित्र बन्धक बनाएको थियो। ९ वटा डिब्बा रहेको यो रेलमा ४ सयभन्दा बढी यात्रु सवार थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपालीमाथि गोली प्रहार

तल्लो बाटोबाट अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दुई नेपाली नागरिकमाथि अमेरिकी सुरक्षा बलले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। अमेरिकी समय अनुसार गतसाताको मंगलबार राति डुंगा चढेर अमेरिका प्रवेश गर्न लागेका उनीहरूलाई अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी)को एयर एण्ड मरीन अपरेसन्स् (एएमओ)ले गोली हानेर पक्राउ गरेको हो। उनीहरू क्यालिफोर्नियाको सानडिएयो क्षेत्रबाट अवैध तरिकाले अमेरिका प्रवेश गर्न खोज्दै थिए। सीबीपीले नेपालीसहित नौजना आप्रवासीलाई नियन्त्रणमा लिइएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उत्कृष्ट ‘रिह्याब’ अर्थात् ‘कन्ट्रोल एडिक्शन नेपाल’

आइतबार सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा अनुगमन गर्न गएको टोलीले गोदावरीको टौउखेल–३ मा सञ्चालित क्यानलाई उत्कृष्ट सुधार केन्द्र दाबी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

लगातार ५८ घण्टा चुम्बन गरेर ‘गिनिज बुक’मा नाम लेखाएका श्रीमान–श्रीमतीको ‘डिर्भोस’

सन् २०१३ मा  ५८ घण्टा ३५ मिनेटसम्म चुम्बन गरेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स’मा नाम लेखाएका थाइल्यान्डका एक्काचाई तिरानाराट र उनकी पत्नी लक्सानाले ‘डिर्भोस’ गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पर्साबाट एपीएफले बरामद गर्‍यो साढे ५८ लाखको हीरा र  सुनको गरगहना

भारतबाट नेपालतर्फ आउँदै गरेको कारलाई जाँच गर्ने क्रममा प्लास्टिकमा प्याक गरिएको शंकास्पद बस्तु फेला परेको थियो। सो क्रममा थप खानतलासी गर्ने क्रममा ड्राइभरले कार भगाएका थिए। सामान छाडेर कार र व्यक्ति फरार भएपछि बरामद गहना थप प्रमाणित गर्न आइतबार पर्सास्थित सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो। सो गरगहनामा २२ लाख ५१ हजार ८ सय ४० रुपैयाँ बराबरको ७०.३७ क्यारेट हिरा र ३६ लाख १२ हजार ९ सय ९० रुपैयाँ बराबरको २४६.७३ ग्राम सुन रहेको प्रमाणित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

हिंसापीडित महिला सुरक्षाका लागि ‘दिमा आमा घर’

हिंसाका घटना बाट प्रभावित महिलाहरूलाई आश्रय, मनोवैज्ञानिक परामर्श, कानुनी सहायता तथा आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालिम दिने उद्देश्यले  दिमा आमा घर जुम्लामा सञ्चालनमा आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपडेट- चीनको दिङ्गी केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प

शनिबार दिउँसो काठमाडौं उपत्यकासहित पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ। शनिबार दिउँसो दुई बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। चीनको दिङ्गी केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भर्खरै भूकम्पको धक्का महसुस भएको छ। शनिबार दिउँसो दुई बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामासमेत महसुस भएको छ। विस्तृत विवरण आउन बाँकी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नौंमती बाजा घन्काउने बालकुमारीहरू

‘सुरुवाती चरणमा धेरै समस्या भयो, जातिय हिसाबले हेरियो। समाज मात्र नभइ स्थानीय स्थानीय सरकारको हेर्ने दृष्टिकोण संकुचित थियो तल्लो जातको काम भनेर हेप्ने काम भयो। समाजमा संस्कार नै अझै परिवर्तन भएको छैन। हामी आफैंबाट परिवर्तन गर्नुपर्छ भनेर लागेका हौं,’उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोखरामा ‘कोटीहोम’ विवाद चर्कियो, महानगरले ‘दादागिरी’ देखाएको आरोप

‘महानगरपालिकाको आदेशमा लाठी, बुट प्रहार भएको छ। हातपात भएको छ। षड्यन्त्रपूर्वक मान्छेहरु पठाएको पनि प्रमाणित भइसकेको छ। हामी एउटा क्षेत्रभित्र आनन्द भावले पूजापाठ, आरधना, भूमिपूजन गरिरहेका थियौं। त्यो समयमा यो किसिमको व्यवहार नगरपिता जस्तो व्यक्तित्वबाट हामीले अपेक्षा गरेका थिएनौं। हाम्रो विभिन्न पूजन सामग्रीहरु पनि जफत गरेर लिएर जानुभएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

आज दारी दिवस: अधिकार, समानता र सशक्तिकरणका लागि लडाईं

यसपालि नारी दिवसकाे नारा ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने  मूल नारा तय गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिपक मनाङेकाे घट्याे एक वर्ष कैद सजाय

राजिब गुरूङ भन्ने ‘दिपक मनाङे’लाई २० प्रतिशत कैद छुट हुने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार उनले माग गरे बमोजिम २० प्रतिशत कैद छुट दिन आदेश दिएको हो। २० प्रतिशत छुट पाउँदा मनाङेको कैद सजाय १ वर्ष घट्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दीपक मनाङेलाई एक वर्ष कैद ‘माफ’

अदालतले उनलाई पाँच वर्षको कैद सजाय सुनाएको थियो। त्यसमध्ये उनले १ वर्ष ८ महिना पहिला नै कैद भुक्तान गरिसकेका थिए। अब अदालतको छुटपछि उनको कैद एक वर्ष कम भएको छ। र अब उनी १६ महिनामात्रै जेलमा रहनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशको ध्यान मधेसमा केन्द्रित छ: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशकै ध्यान मधेसमा केन्द्रित भएकाे बताएका छन्। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको बताएका हुन्। यसले मधेसका समस्या पहिचानमा फाइदा पुग्ने उनकाे भनाइ थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

प्रचण्डकाे लागि प्रेसर कुकर बम बाेकें–दुर्गा प्रसाईं

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माओवादी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले  अमेरिका र स्वीटजरल्याण्ड घर किनेकाे आरोप लगाएका छन्। शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रचण्डले नातिनीको लागि अमेरिका र स्वीटजरल्याण्ड घर किनेकाे आरोप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राजिनामा दिएर बालनलाई आफूहरुको अभियानमा जोडिन दुर्गा प्रसाईंको सुझाव

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफूहरूको अभियानमा जोडिन आग्रह गरेका छन्। शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी उनले राजनीतिको खिचडीमा बस्नुभन्दा राजीनामा गरेर आफ्नो अभियानमा जोडिन सुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इस्लाम धर्मालम्बीहरू रमजानमा व्यस्त (तस्बिरहरू)

इस्लाम धर्मावलम्बीहरुले मनाउने रमदान अहिले चलिरहेको छ।  धर्मग्रन्थ कुरान अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (व्रत) सुरु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद कार्कीको आपत्ति

उनले भनिन्, ‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन। स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवको नियुक्ति भएको  छ। सिफारिसको आधारमा र वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा.संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो। क्याबिनेटले यस्तो निण्र्नय किन गर्यो, पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरिएको हो ? प्रधानमन्त्रीज्यू, स्वास्थ्य मन्त्रीज्यू र सामान्य प्रशासन मन्त्रीज्यूसँग यो संसदले जवाफ माग्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

श्रम मन्त्रालय घुसको अड्डा बन्याे–डीपी अर्याल

रास्वपाका उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय घुसको अड्डा बनेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ताहाचलस्थित कार्यालयमा दैनिक करिब ७५ लाख घुस असुली भइरहेको बताएका हुन्।  मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत बेखबर भएको उनको भनाइ थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं