को हुन् अमेरिकाले फिर्ता पठाएका नेपालीहरू?
बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट नेपालीहरूलाई लिएर आएको गल्फ स्ट्रिमको जीआरपी-२३ चार्टर जहाज ९ बजेर ५३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। सो जहाज अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका केही नागरिकलाई ओरालेपछि सोझै नेपाल आएको थियो। अमेरिकाबाट निष्कासितहरूलाई अल्बानियासम्म हत्कडीसमेत लगाइएको थियो।
बिएल संवाददाता - काठमाडौं