कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा गर्ने फैसला पुनरावलोकन हुने
न्यायाधीशहरू सपना मल्ल प्रधान, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले यसअघि निलम्बन फुकुवा गर्ने आफ्नै फैसलालाई पुनरावलोकन गर्ने आदेश गरेको हो। अब तीन सदस्यीय न्यायाधीशको पूर्ण इजलासले यसअघिको फैसलाको न्यायिक परिक्षण गर्नेछ।
बिएल संवाददाता - काठमाडौं