बिहिबार, २७ अगस्ट २०२६

पशुजन्य उद्योगका समस्या समाधान गर्ने कृषिमन्त्रीकाे भनाइ

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्न सरकार र मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अहिलेकाे सरकारले विधेयकलाई कानूनमा परिणत गरिरहेकाे छ: प्रकाशमान सिंह

उपप्रधान तथा सहरी बिकासमन्त्री प्रकाशमान सिंहले सरकारले विधेयकहरूलाई कानूनमा परिणत गर्ने र बाँकी रहेका कामहरूलाई जोड दिएर अगाडि बढाउने पक्षमा लागि रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नाबालिका आरोपमा पूर्वशिक्षक पक्राउ

मकवानपुर प्रहरीले नाबालिका बलात्कारको आरोपमा एकजना पुरुषलाई पक्राउ गरेको छ। हेटौंडा –९ मा भएको घटनामा आठ वर्षकी नाबालिका बलात्कारको आरोपमा एकजना पूर्वशिक्षकलाई पक्राउ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज तराइका धेरै भू–भागहरूमा हुस्सु र कुहिरो

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको मधेश प्रदेशको पूर्वी भू–भाग (सप्तरी) तथा कोशी प्रदेशको तराई भू–भाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरको अवस्था रहेको छ। तराईका अन्य धेरै स्थानहरूमा पनि हुस्सु–कुहिरो लागेको अवस्था छ। हाल पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाका जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रविको थुनछेक बहस हेर्दाहेर्दैमा, आइतबार फ‍ेरि उपस्थित हुनुपर्ने

रुपन्देही जिल्ला अदालतमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारबाट जारी बहस शुक्रबार पनि नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेको बयान सकेर थुनछेक बहस भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक थ्रु’) भएको छ। सो अवसरमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश अहिले सुरूङ युगमा प्रवेश गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्रीद्वारा सिद्धबाबा सुरुङ मार्गको भर्चुअल माध्यमबाट ‘ब्रेक-थ्रु’

प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उदघाटन गर्ने कार्यक्रम रहेपनि स्वास्थ्य प्रतिकूलताका कारण शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटन गरेका हुन्। प्रधानमन्त्री ओलीले पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बालविवाह मुक्त नेपाल’का लागि बागमतीका मुख्यमन्त्रीको प्रतिवद्धता

बालविवाह मुक्त नेपालका लागि ‘जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल’का प्रतिनिधि तथा बालबालिकामाझ उनले प्रतीज्ञापत्रमा हस्ताक्षर गरेका हुन्। आफू र आफ्नो सरकार बालविवाह मुक्त अभियानमा प्रतिवद्ध रहेको जनाउँदै मुख्यमन्त्री लामाले यसअघि नै बागमती सरकारले बालविवाह मुक्त गर्नका लागि नीति र कानुनहरू बनाइसकेको पनि बताए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

अख्तियारलाई हर्कको जवाफ- उजुरी लाउने को हो त्यो फटाहा?

मेलम्ची आयोजना, दमक टावर, एनसेल, वाइडबडीजस्ता कुरा तिर नलागेर श्रमदान अभियानको खेदो नखन्न, अन्यथा तिर्खाएका मानिसहरूको श्राप लाग्ने उनको टिप्पणी छ। हर्कले भनेका छन्, ‘त्यो वाइयात उजुरी लाउने मान्छेले कति वटा पाइप किनेर दियो? कति दिन श्रमदान गयो? को हो त्यो? बुझेर लेखिपठाउनु होला। धरानको हो कि धरान बाहिरको हो त्यो फटाहा? अचम्म लाग्छ यत्रो दुःख गर्दा नि ताली नबजाको देख्दा!’

बिएल संवाददाता

बिएल संवाददाता - धरान

अबेर राति ‘बर्थडे पार्टी’मा केक खाएपछि ओलीको स्वास्थ्यमा समस्या

चिसोका कारण घाँटीमा समस्या भएपछि बुधबारदेखि ओली प्रधानमन्त्रीको सरकारी निवासमै आराम गरिरहेका छन्। प्रधानमन्त्रीको स्वर भासिएको र क्रमशः सुधार भइरहेको सचिवालयले जनाएको छ। सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार बेलुका बालुवाटारमै एमाले सचिवालय बैठक डाकेर बामदेव गौतमलाई पार्टी प्रवेश गराउने विषयमा छलफल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलायतमा नेपाली कलाकारले थाले सुनचाँदी व्यवसाय

नेपालीहरू पहिलेदेखि सुनचाँदीका गहनामा सौखिन रहेका र सुरक्षित लगानीको रुपमा समेत नेपालीहरूले सुन किन्न थालेकाले सुन व्यवसायमा आफूहरू आकर्षित भएको गायक श्यामले बताए। गायक श्यामले भने ‘नेपालमा पनि व्यवसायको थोर-बहुत अनुभव लिएर आएको हुदा नयाँ ठाउँमा नयाँ व्यवसाय सुरु गर्न त्यति धेरै चुनौती छैन। अलिकति लगानी ठुलो भएकोले त्यही अनुसारको आक्रामक व्यापारको रणनीति अपनाएर अगाडी बढ्नेछौ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

त्रिपाठीविरुद्ध  उदयपुरका दिलबहादुर राईले काठमाडौं जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता गराएका हुन्। त्रिपाठीले केही सञ्चार माध्यममा रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने कास्की र काठमाडौं जिल्ला अदालतका न्यायाधीशको कार्यक्षमतामा प्रश्न उठाइ अमर्यादित, अशोभनीय र अति असंवेदनशिल टिप्पणी गरेको आरोप लगाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री आज पनि ‘बेड रेस्ट’मा, सबै कार्यक्रम रद्द

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि ओलीको आजको सम्पूर्ण कार्यक्रम रद्द गरिएको छ। आज ओली सिद्धबाबा सुरुङ्ग ब्रेक-थ्रुका लागि पाल्पा जाने कार्यक्रम थियो। तर, चिसोका कारण घाँटीमा समस्या भएपछि बुधबारदेखि ओली प्रधानमन्त्रीको सरकारी निवासमै आराम गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरण- पीडितको तर्फबाट सुरेन्द्र भण्डारीले थाले बहस

लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो। बुधबार लामिछाने अदालतमा उपस्थित भई उनी माथिको बयान सकिएको थियो। बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फबाट बहस हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिसो बढेपछि धनुषाका सामुदायिक विद्यालयहरु बन्द

विपद् व्यवस्थापन समितिको बैठकले जनकपुरधाम उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ ११ गतेदेखि १३ गतेसम्म दुई दिन जाडो बिदा दिने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

राजनीतिक दलहरूको चिन्तन र सोच नबदलेसम्म शिक्षामा परिवर्तन आउँदैन्: प्राडा विद्यानाथ कोइराला

पाठ्यक्रम जहिल्यै पुरानो हुँदो रहेछ। त्यसले नयाँ कुराकानी गर्नै सक्दैन्। परिवेश चाहीे शिक्षकको तागतसँग टाँसिएको वस्तु हुँदो रहेछ। शिक्षकहरुलाई अध्यावधिक गरौ भनेर बल गरेको त्यो पनि सकिएन। सबै शिक्षकसँग मोबाइल छ, फेसबुक चलाउन जान्दछन्। नयाँ कुरा त्यसैमा हालौं भनेको हो। नयाँ कुरा नभएपछि विचरा शिक्षक त पुराना थोत्रा कुरा गर्ने भए। विद्यार्थी नयाँ कुरा जान्दछन् तर शिक्षक पुराना कुरा गर्छन। त्यो नमिल्दो रहेछ। त्यसैले पाठ्यक्रम र शिक्षकहरु अध्यावधिक हुनैपर्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु’ आज, सहभागी हुँदै ओली

सिद्धबाबा सुरूङमार्गको ‘ब्रेक थ्रु’ आज शुक्रबार हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सुरूङमार्ग ब्रेक थ्रु कार्यक्रममा सहभागी हुने तय भएको हो। ब्रेक थ्रुलाई सेलिब्रेसनको रुपमा मनाउन प्रधानमन्त्री आउने तय भएको सिद्धबाबा सुरूङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए। सुरूङमार्गको ब्रेक थ्रुका लागि प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत आउने तय भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजको मौसम कस्तो छ?

हाल देशको पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम  सफा रहेको छ।   अहिले तराईका धेरै भागमा हुस्सु लागेको छ भने यो क्रम यो  साताभर रहने  महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५ लाख धरौटीमा छुटे सभापति पोखरेलका पूर्वस्वकीय सचिव

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्ने आदेश दिएको छ। बिहीबार न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले पोखरेललाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर