आइतबार, १८ जनवरी २०२६

संविधान दिवस: दलितलाई खै! (तस्बिरहरू)

खगेन्द्र सुनारसहितका युवाहरूले चलाइरहेको ‘दलितलाई खै’ अभियानले संविधान दिवसकै दिन बिहीबार माइतीघरमा प्रदर्शन गरेको हाे। उनीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई घृणा गरिएको भन्दै प्रदर्शन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिक तहमा देखिएको अस्थिरता संविधान संशोधनबाट हल हुन्छ: प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले विकासका लागि स्थायित्व चाहिने उल्लेख गर्दै वर्तमान सरकार संविधानलाई समयानुकल बनाउन लागिपरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा संविधान दिवस विभिन्न कार्यक्रमका गरी देशभर मनाइँदैछ। संविधान दिवस तथा राष्ट्रिय दिवस- २०८१ को अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरु सहभागी भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई युवककाे मृत्यु

दाङमा मोटरसाइकल दुर्घटनामा परी दुई युवककाे मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका- १८ नवलपुरका २२ वर्षीय श्रवण कुमार पुन र घोराही– ४ बस्ने २१ वर्षीय बिनोद केसी रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

संविधान दिवसको उपहार ‘धरहरा’ (भिडियो रिपोर्ट)

नवनिर्माणपछि २०७८ सालमा धरहरा उद्घाटन गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा निर्माण नहुँदै उद्घाटन भएको र निर्माण सम्पन्न गर्न ३ वर्ष लाग्यो। अझै पनि केही काम बाँकी नै रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्ताे छ स्थानीय तह उपनिर्वाचनको कार्यातालिका

कार्यतालिका बमोजिम निर्वाचन प्रयोजनका लागि राजनीतिक दलको दर्ताको सूचना यही असोज ९ गते प्रकाशन गरी असोज १० देखि १६ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यातालिका रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दसैँ खर्चका माग्न ‘कोसी’ उपहार मुख्यमन्त्री कार्यालय पुगे दिलबहादुर

दसैँ खर्च माग्न यसपालि शाही एक्लै लुम्बिनी प्रदेशसम्म पुगेका हुन्। ‘साथीहरु आउन थालेका थिए। गाडी चढ्न डराए’, उनले भने, ‘मरे मै मरुँला भनेर आएँ।’

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

सहकारी ठगीबारे देउवाले भने- रविजी चलाख मान्छे हुनुहुँदोरहेछ, म त छक्कै परेँ

उनले भने, ‘सहकारीसम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले वास्तवमा पत्याएकै थिइनँ, सहकारीको विषय यस्तो छ भनेर। रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदोरहेछ भने चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर। तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार उनीहरूलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

नेकपा एमाले-नेपाली कांग्रेसको समर्थन पाएका मुख्यमन्त्री कार्कीको पक्षमा ६६ मत परेको थियो भने विपक्षमा १५ मत परेको थियो। मत विभाजन प्रक्रियामा २ जना सांसद सहभागी भएका थिएनन्। विश्वासको मत लिने प्रस्तावको मतदान प्रक्रियामा ८३ सांसदले भाग लिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

एनआरएनएको कोषमा केसी पक्षको मनपरी, संस्था बचाउन लागिपर्ने शर्मा-श्रेष्ठ समूहको निर्णय

सर्वोच्च अदालतको गत साउनको फैसलाको गलत व्याख्या गर्दै बालुवाटारस्थित सचिवालयमा फर्केका बद्री केसीले संघको खातामा रहेको रकम अनियन्त्रित ढंगले खर्च गरेको शर्मा–श्रेष्ठ समूहको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्न एमालेले तयार गर्‍याे एक वर्षे कार्ययोजना (पूर्णपाठ)

जसमा पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणदेखि नियमित अधिवेशन र व्यवस्थापन तथा पार्टी कमिटी र कार्यकर्ताको कामको मूल्याङ्कनसहित अन्तर्विरोधको व्यवस्थापन समेटिएको छ।  त्यसैगरी पार्टी जीवनको शुद्धीकरण, आर्थिक सामाजिक रूपान्तरण र जनचासोको सम्बोधनलाई पनि एमालेले कार्ययोजनामा समेटेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षकको माग गर्दै सरकारविरुद्ध सडकमा उत्रिए मधेसका विद्यार्थी

वीरगञ्ज र गौरमा आम विद्यार्थी मोर्चाले प्रदर्शन गरेको हाे। आम विद्यार्थी मोर्चाका इन्चार्ज उमेश कुशवाहाको नेतृत्वमा वीरगञ्जमा र विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा प्रदर्शन भएको हो। प्रदर्शनमा विद्यार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयको सहभागिता रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गौर

एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री

राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछ्यौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न थालिएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ: गृहमन्त्री

बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन ल्याएको भन्दै अहिलेसम्मको असल संविधान साबित भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘संघीयता निजामती ऐनको अभावले कर्मचारी उत्तरदायी हुन सकेका छैनन्’

सभामुख घिमिरेले ऐनको अभावका कारण व्यवस्थापिकाको कामहरु कसरी गर्ने र प्रदेश सरकारले आफ्नो संयन्त्र कसरी चलाउने भन्ने कुरामा समस्या आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘पाँचौ मिस्टर काठमाडौँ’का विजेता प्रकाश राईको निधन

गत शनिबार शारीरिक सुगठन प्रतियोगितामा उपाधि जितेका ४५ वर्षीय राईको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो। हृदयघात भएपछि तत्काल धापासीस्कोस्थित ग्रान्डी अस्पताल पुर्‍याइएकोमा उपचारका क्रममा उनको निधन भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन्: प्रचण्ड

‘अरुबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिन्थ्यो तर अहिले भने सबैतिर उत्साह देखिएको छ’, उनले भने, ‘हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरुले हटाएको जनताले बुझ्दै गएका छन्, सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन्। यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बझाङमा भूकम्पकाे धक्का

बुधबार बिहान १०:८ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज नजिकै माझिगाउँ केन्द्रबिन्दु भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविप्रति शंकर पोखरेलको टिप्पणी- वैकल्पिक राजनीतिले कस्तो सुशासन दिन खोजेको हो?

महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जालमार्फत रास्वपा सभापति  लामिछानेलाई लक्षित गर्दै वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो भन्दै प्रश्न गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं