शुक्रबार, २८ अगस्ट २०२६

प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए सपथ

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रमुख आयुक्त आचार्यले सपथ लिए भने आचार्यसमक्ष नवनियुक्त आयुक्तहरू गगन विष्ट र दुर्गा भण्डारीले सपथ लिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सरकारले रवि लामिछानेमाथि ज्यादती ग र्‍याे: माओमादी नेता पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले ज्यादती गरेको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

आज नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज देखि सुरु हुँदै छ। केन्द्रीय कार्यालयमा आज र भोली स्थायी कमिटी बैठक बस्ने एसले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज विश्व पर्वत दिवस मनाइँदै

नेपालीको पहाडसँग वा हिमालसँग वा पर्वतका चुचुरा र बेसीहरूसँग सदियौँदेखि सम्बन्ध छ, विश्वास छ र छ सम्मान पनि। पर्वतहरूको राजधानी भनेर पनि चिनिन्छ, नेपाल। त्यसैले पनि विश्वले विश्व पर्वत दिवस मनाउने ११ डिसेम्बर हाम्रा लागि महत्त्वपूर्ण छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज यी स्थानमा लाग्ने छैन घाम

आज दिनभर देशका विभिन्न ठाउँमा हुस्सु र कुहिरोले जनजीवन प्रभावित गर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभावले केही ठाउँमा घाम कम लाग्ने छ भने चिसो बढ्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अदालतको अवहेलना मुद्दामा सर्वोच्चले माग्याे रास्वपाका नेताहरूसँग लिखित जवाफ

सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूसँग लिखित जवाफ माग गरेको छ। मंगलबार सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले रास्वपाका नेताहरूसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अहिलेको गठबन्धन आवश्यकता हो, ८४ मा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुन्छ: मन्त्री पाण्डे

मन्त्री पाण्डेले भने, ‘पछिल्लो समय कांग्रेस र एमालेबीचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो। कांग्रेस एमालेको सरकार गठनका पछाडि राजनीतिक स्थायित्व र समृद्धिका लागि हो।’

बिएल संवाददाता

बिएल संवाददाता - बाजुरा

यस्ताे छ नेपाल र चीनबीच हस्ताक्षर भएकाे बीआरआई फ्रेमवर्क (पूर्णपाठ)

नेपाल र चीन सरकारबीच हस्ताक्षर भएकाे बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्ककाे पूर्णपाठ सार्वजनिक भएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा हस्ताक्षर भएकाे फ्रेमवर्ककाे पूर्णपाठ मंगलबार परराष्ट्र मन्त्रालयले वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नालाई बचाउन सरकारले रविले सहकारीको सबै पैसा खाए जसरी व्यवहार गर्‍याे: प्रचण्ड

उनले भने, 'तपाईं हामी सबैलाई चासो हुनेलाई थाहा छ, अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरु नै ठूला सहकारी ठग छन्। तिनै नाटकबाजहरुकलाई बचाउन सरकार केन्द्रित छ। उनीहरुलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ।'

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले गलत गतिविधि नसच्याए सशक्त प्रतिवाद गर्छौं: प्रचण्ड

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई रोक्ने होइन भने संसदको विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन  र सडकबाट आन्दोलन अघि बढाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

मानव अधिकारको संरक्षणका लागि सरकारले सकारात्मक पहलहरु गरिरहेकाे छ: मन्त्री पौडेल

उनले नेपाल सरकारले दिगो विकासको परिकल्पना अनुसार सम्मान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने विषयलाई प्राथमिकताका साथ नीति तथा कार्यक्रमहरुमार्फत सम्बोधन गरेको भन्दै त्यसलाई तीन तहको सरकारको समन्वय र सहकार्यमा पूरा गर्ने प्रयास गरिरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता भएका बुढाथोकीको शव फेला

ताप्लेजुङ जिल्लाको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका–५ स्थित पेदाङ बस्ने ४५ वर्षीय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए। उनकाे शव घटनास्थलभन्दा करिब ५० मिटर पर ७० फिटको गहिराईबाट निकालिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले रवि लामिछानेलाई नियतवस अमानवीय व्यवहार गर्‍याे: कांग्रेस सांसद शर्मा

उनले भने,‘ जुन रवैया सरकारले देखाइरहेको छ। सरकारले आफ्नो रवैयालाई परिवर्तन गर्नुपर्छ। रास्वपा नेता कार्यकर्ताहरुले गर्नुभएको व्यवहारमा पनि हामीलाई मन परेको छैन्। अनुसन्धान भइरहेको बेला नारा जुलुस गर्नुहुन्न। बरु सदनमा आफ्नो कुरा राख्ने गर्नुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकारले बीआरआई सम्झौताबारे औपचारिक रुपमा जानकारी गराउनुपर्छ’

मुलुकहरुबीच आवश्यकताअनुसार विभिन्न विषयमा सन्धिसम्झौता हुन सक्ने भन्दै उनले भने, ‘सन्धि सम्झौता मुलुकको हितलाई मध्यनजर राखेरै गरिएको हुन्छ तर कहिलेकाहीँ सन्धिसम्झौताको परिणाम अपेक्षीत हुँदैन भने कहिलेकाहीँ प्रत्युत्पादकसमेत बन्न जान्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टस जितेर लुम्बिनीविरुद्ध बलिङ गर्दै चितवन

एनपिएलमा आज बिहान ९ बजेबाट सुरू भएको पहिलो खेलमा चितवन राइनोजले टस जितेर लुम्बिनी लायन्सविरुद्ध बलिङ गर्दैछ। त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा चितवनका कप्तान कुशल मल्लले टस जित्दै बलिङ रोजेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

रौतहटमा स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु

रौतहटमा स्कार्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। मंगलबार बिहान चन्द्रपुर नगरपालिका ४ मा बा १६ च ३१६२ नम्बरको स्कार्पियो दुर्घटना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

हरेक वर्ष झै यस वर्ष पनि ‘हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य’भन्ने मूल नारा सहित विभिन्न कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एमाले सचिवालय बैठक बस्दै

मंगलबार दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो।बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बिआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

एनपिएलमा आज लुम्बिनी र चितवन तथा कर्णाली र पाेखरा भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) आज मंगलबार दुई खेल हुँदैछन्। बिहान ९ बजे त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स प्रतिस्पर्धामा उत्रनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ