पत्रकार महासंघको निर्वाचन आज हुँदै
नेपाल पत्रकार महासंघको निर्वाचन आज हुँदैछ। शुक्रबार हुने निर्वाचनमा आगामी तीन वर्षको नेतृत्वका लागी निर्मला शर्मा, रमेश विष्ट र देवीप्रसाद सापकोटा मुख्य प्रतिस्पर्धीको रूपमा छन्। प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानलबाट शर्माले उम्मेदवारी दिएकी हुन भने विष्ट प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायत समूहबाट उम्मेदवारी दिएका छन्। त्यस्तै देवीप्रसाद सापकोटास्वतन्त्र उम्मेदवारको रूपमा प्रतिस्पर्धामा छन्।
बिएल संवाददाता - काठमाडाैँ