आइतबार, १८ जनवरी २०२६

दरबारमार्गकाे सडक बन्द गरिएपछि आसपासमा चर्काे जाम, सर्वसाधारणलाई सास्ती

बिहीबार संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने ‘नेसनल डे कन्सर्ट’को स्टेज निर्माणलगायतको काम भइरहेकोले सवारी आवागमन बन्द गरिएपछि आसपासका क्षेत्रमा जाम भएकाे हाे। अहिले लैनचौर, उत्तर ढोका, गैरीधारा, हात्तिसार, पशुपति, दिल्लीबजार सडक, कान्तिपथलगायत सडकहरूमा चर्काे जाम भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सोह्र श्राद्ध: पशुपतिमा पितृलाई सम्झिँदै (तस्बिरहरू)

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो। चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री सिंहले गरे गणेशमान सिंहको शालिकमा माल्यार्पण

वि.सं २०४६ को जनआन्दोलनका कमाण्डर स्व. सिंहको २७औँ स्मृति दिवसको अवसरमा  बुधबार गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा शालिकमा माल्यार्पण गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दरबार मार्गमा ‘कन्सर्ट’को तयारी: सवारी आवागमन बन्द

‘काठमाण्डौंको दरवारमार्गमा नागरिक स्तरबाट संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा मिति २०८१/०६/०३ गते आयोजना हुने नेसनल डे कन्सर्ट को तयारीको लागि स्टेज निर्माण कार्य भइरहेकाले मिति २०८१/०६/०१ गते २०ः०० बजेदेखि मिति २०८१/०६/०३ गते २०ः०० बजे सम्मको लागि केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटीतर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको व्यहोरा जानकारी गराइन्छ।’ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सोह्र श्राद्ध शुरु, पक्षभर पितृको सम्झना गरिँदै

सोह्र श्राद्ध  शुरु भएको छ। बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो।  मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ। वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउँछन्। यो वेला गरिने श्राद्धलाई महालय वा पार्वण पनि भनिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारी ठगीमा रवि लामिछानेको संलग्नताबारे कानुन व्यवसायी विभाजित

छानबिन समितिले सहकारी ठगीमा संलग्न धेरैलाई कारबाहीको सिफारिस गरेपनि यतिबेला चर्चामा रवि लामिछाने र गोर्खा मिडिया रहेको छ। छानबिन समितिले पेश गरेको प्रतिवेदनलाई कानुनी रुपमा कसरी बुझ्ने भन्नेबारेमा रिपोर्टर्स क्लब नेपालले कानुनविद्हरुसँग साक्षत्कार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रदेश संरचना कुनै पनि हालतमा हट्दैन: देउवा

उनेल भने, ‘प्रदेश संरचना बनिसकेको छ। त्यसैले प्रदेश हट्ने कुरा चाहिँ छैन। यसलाई हटाउन सकिने स्थिति पनि छैन। प्रदेश संरचनालाई कसरी अझ उत्तरदायी बनाउने भन्ने विषयमा विचार गर्ने भन्ने हो। सँधै कति समानुपातिकबाट ल्याउने? त्यो समस्या चाहिँ छ। समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता छ। जबसम्म नेपालमा आफैँ चुनाव जितेर आउने वातावरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुई महिनामा १ खर्ब ६९ अर्ब रुपैयाँ राजस्व संकलन

सरकारले गत वर्षभदौ मसान्तसम्म १ खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो। जुन गत वर्ष यही अवधिमा संकलन भएको राजस्वभन्दा ९.७४ प्रतिशत बढी हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इन्द्रजात्रा हेर्न उपमेयरदेखि राष्ट्रपतिसम्म हनुमानढोकामा (तस्बिरहरू)

राष्ट्रपति रामचन्द्र, पौडेल उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनित डंगाेललगायत विशिष्ट व्यक्तिहरूले इन्द्रजात्रा अवलोकन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजेन्द्र महतोले घोषणा गरे नयाँ पार्टी, सुमन सायमीकाे पनि साथ

महतोले चलाउँदै आएको अभियानलाई पार्टीको रुपमा रुपान्तरण गर्ने गरी ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेका हुन्। उनले घोषणा गरेको नयाँ पार्टीलाई सामाजिक अभियान्ता सुमन सायमीले पनि साथ दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संविधानलाई अझै उन्नत बनाउने बेला आएको छ: ईश्वर पोखरेल

वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान सभाबाट पारित संविधान लोकतान्त्रिक र जनताको भएकाले विगतका कमजोरीहरुलाई सच्याएर अगाडि बढ्नु स्वाभीमानी र सचेत नेपालीहरुको कर्तव्य भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वसन्तपुरमा इन्द्रजात्राको उल्लास (तस्बिरहरू)

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इन्द्रजात्रा मनाउन वसन्तपुर पुगेका बालेनका समर्थक प्रहरीकाे नियन्त्रणमा

इन्द्रजात्रा अवसरमा साेमबार बालेनको तस्बिर अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेका एक दर्जन बढी समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी

भारतीय सञ्चार माध्यमका अनुसार आम आदमी पार्टीको विधायक दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका केजरीवलले आतिशीलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डले दिए उपाध्यक्ष बुढालाई अन्तिम श्रद्धाञ्जली, पशुपतिमा अन्त्येष्टि

उनीसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती, स्थायी समिति सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य दलजित सिर्पालीलगायत ठूलो संख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुले श्रद्धाञ्जली दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविलक्षित कमल थापाको टिप्पणी- ‘क्लिन चिट' पायो होइन, कारवाहीको सिफारिस भयो

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपा अध्यक्ष रवि लामिछानेले 'क्लिन चिट' नपाएर कारवाहीको सिफारिस भएको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक थियो: प्रधानमन्त्री

उनले पूर्वीय दर्शनले सयौँ वर्षअघिदेखि कसरी वैज्ञानिक खोजलाई आफूमा समाहित गरेको थियो भन्ने प्रमाण हाम्रा शास्त्र र ग्रन्थहरुमा प्रष्ट रहेको उल्लेख गर्दै हाम्रो शिक्षा प्रणाली परापूर्वकालमा असाधारण र विज्ञान प्रर्वतक रहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीबारे रवि लामिछाने भन्छन्- सत्यलाई केही मानिसहरुले स्विकार्न सकेनन्

सभापति लामिछानेले सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नभएको तर गोर्खा मिडिया नेटवर्क सञ्चालकको भूमिकामा कमजोरी भए कारबाही गर्नु भनिएको सत्यलाई केही मानिसहरुले स्विकार्न नसकेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाकाे लडाइँ सुरु हुँदैछ, हाम्राे लडाइँमा कसैको सिउँदो पुछिदैन: रवि लामिछाने

लामिछानेले आफूहरुको यात्रा सजिलो यात्रा नभएकाले अहिले रास्वपा सकियो भन्नेहरुलाई रास्वपा नसकिएको बरू रास्वपाले सक्ने दाबी गरे। ‘रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ। लडाइँ बल्ल सुरु हुँदैछ। हाम्राे लडाइँमा कसैको सिउँदो पुछिदैन। शान्त विद्रोह गर्छौ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज इन्द्रजात्रा पर्व मनाइँदै

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ।  भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ