शुक्रबार, २८ अगस्ट २०२६

कास्कीले बुझायाे रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन, तीन कसुरमा कारबाही गर्न राय

जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ। प्रहरीले आफ्नोतर्फबाट अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन साेमबार  जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पिएल सिंहको निधनमा काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काठमाडाैँ महानगरपालिकाका पूर्व मेयर प्रेमलाल (पिएल) सिंहकाे निधनप्रति नेपाली काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने भएकाे छ।  सामेबार बसेकाे पार्टीकाे केन्द्रीय कार्यसमितिकाे आकस्मिक बैठकले  सिंहकाे निधनप्रति देशभर पार्टी कार्यालयमा पार्टीकाे झण्डा आधा झुकाउने निर्णय गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

एम्नेस्टी इन्टरनेसनल नेपालको नयाँ नेतृत्व चयन, अध्यक्षमा बुढाथोकी

एम्नेस्टी इन्टरनेसनलको मंसिरको २९ र ३० गते नवलपरासीको गैँडाकोटमा भएको ३३औँ वार्षिक साधारणसभाले बुढाथोकीलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

लुम्बिनीको शैक्षिक नतिजा सुधार्न निर्मम समीक्षा जरुरी छ: मुख्यमन्त्री आचार्य

‘लुम्बिनी प्रदेशको गत वर्षको एसइइको नतिजाले झस्काएको छ। त्यसलाई सुधार गरेर अघि जानुपर्ने छ। यसका लागि निर्मम समीक्षा गरेर जानुपर्ने छ’, उनले भने, ‘गत वर्षको नतिजाले गम्भीर र चिन्तित बनाएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - बुटवल

ललितपुरमा इन्टिलिजेन्ट ट्राफिक लाइट सञ्चालनमा

इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन्। ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

नेपाली पत्रकारहरूको लागि चिनियाँ कक्षा सञ्चालन

कार्यक्रममा पत्रकार किशोर श्रेष्ठले नेपाली र चीनबीच नजिकको सम्बन्ध भएपनि भाषाका कारण समस्या हुने भएकाले भाषाबारे ज्ञान लिन आग्रह गरे। उनले भाषा र शब्द चयनमा ख्याल नगर्दा सम्बन्धमा पनि धेरै समस्या पर्ने गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वामदेवको प्रष्टीकरण- मदन भण्डारीकाे हत्याबारे जानकारी गराउन फाेन गर्दा ओलीले बदनाम गर्ने खाेज्नुभयाे

‘तपाईंको स्वर र तपाइकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो। हेरेपछि म छांगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ। त्यसपछि मैले मेरोमा भएको तपाईंको फोनमा कल गरेँ, तर फोन लागेन। त्यसपछि मैले क। राजेशलाई वहाँकै फोनमा लिंक पठाइदिएँ र तुरुन्तै कल गरेँ। वहाँले कल रिसिभ गर्नु भयो र सदा झैँ ‘नमस्कार कमरेड’ भन्नुभयो’, उनले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु, १२ जना घाइते

दाङमा बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही–काेहलपुर सडकखण्डमा कपिलवस्तुबाट बर्दिया जादैँ गरेको लु १ ज ४२९८ नम्बरको मिनी बस दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

३ महिना गाउँ-गाउँ पस्दै एमाले

नेकपा एमाले आउने माघदेखि ३ महिना गाउँ-गाउँ पस्ने भएको छ। राष्ट्रिय शक्ति निर्माणका  लागि माघदेखि एमाले वडा केन्द्रीत अभियान लिएर गाउँ-गाउँ पस्ने भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्कुटर दुर्घटनामा बाबु–छोरीको मृत्यु

बर्दियामा स्कुटर दुर्घटनामा परी बाबुछोरीको मृत्यु भएको छ भने आमा छोरा घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया नगरपालिका– ६मा बस्ने रामकुमार साह र उनकी ६ बर्षीया छोरी बिद्या रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कम्बोडिया–भैरहवा सिधा उडानको प्रस्ताव

मन्त्री पाण्डेले सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने वायुसेवा कम्पनीलाई दिएको सहुलियतकाबारे समेत जानकारी गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महोत्तरीमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते

जनकपुर आउँदै गरेको बस एक्कासी नियन्त्रित भई पुलको रेलिङ तोड्दै बस पल्टिएको हो। बसमा सवारमध्ये २२ यात्रु घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वातावरण र विकाससँगै अघि बढ्नुपर्छ: महान्यायाधिवक्ता बडाल

महान्यायाधिवक्त्ता बडालले भने, ‘वातावरण र विकासका कुरासँगै हुने हुन्। वातावरणको कुरा गर्दा विकासलाई बिर्सिनु हुँदैन र विकासको कुरा गर्दा वातावरण संरक्षणको विषय पनि छुटाउनु हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

२७ वर्षदेखि बन्द भएकाे टीकापुर विमानस्थल आजदेखि नियमित सञ्चालन

आइतबार तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमानमा चालक दलका तीनसहित ६ कर्मचारी र १२ यात्रु बोकेर दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘परिवर्तनमा योगदान गरेका दललाई बद्नाम गर्ने कोशिश भएकाले ठुला दलको सहकार्यमा सरकार बन्याे’

प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले दुई ठुला दलको सहकार्यमा सरकार बनेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिङ्गो संस्कृतिलाई जीवन्त पार्ने यःमरी पुन्ही (फाेटाे फिचर)

चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ। सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पर्साबाट ३० लाख बढीको कपडा बरामद

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको सुरक्षा फौज र वीरगञ्ज भन्सार कार्यालयबाट नायब सुब्बा हफिज उल्लाह अंसारीसहितको संयुक्त टोलीले उक्त सामान नियन्त्रणमा लिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भारतीय पूर्व ‘रअ’ एजेण्टकाे खुलासाः १०–१५ दिनभित्रै ‘ओली सरकार’ ढल्छ (भिडियाे)

भारतकाे गुप्तचर संस्था (रअ)का पूर्वएजेण्ट लक्की बिष्टले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार १०–१५ दिनभित्रै ढल्ने दाबी गरेका छन्। पूर्व ‘रअ’ एजेण्ट बिष्टले नवभारत टाइम्समा कुराकानी गर्दै यस्ताे दाबी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंकका तत्कालीन उप-प्रबन्धक १३ वर्षपछि पक्राउ

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक शशीकिरण श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ। उनी १३ वर्षपछि पक्राउ परेका हुन्।

ज्योति देवकोटा

ज्योति देवकोटा - काठमाडौं

त्रिभुवन विश्वविद्यालयमा ८ डीन र ३ निर्देशक नियुक्त

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत ८ डीन र ३ निर्देशक नियुक्त भएका छन्। आइतबार त्रिविको कार्यकारी परिषद्ले डीन र निर्देशक नियुक्त गरेको हो। नियुक्त भएका डीनहरुमा शिक्षाशास्त्र संकायतर्फ प्रा.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहनराज शर्मा, मानविकी तथा सामाजिकशास्त्रतर्फ प्रा.डा. दुबिनन्द ढकाल रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ