आजको मौसमः यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ