‘जनआस्थालाई बमले उडाउने र सम्पादकलाई मार्ने धम्की’
नेपाल पत्रकार महासंघका अनुसार साउन ८ गते मंगलबार बिहान सीले मोबाइलबाट फोन गरी प्रधान सम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको श्रेष्ठले महासंघलाई जानकारी गराएका छन्। धम्कीका क्रममा निज व्यक्तिले ‘प्रधान सम्पादक श्रेष्ठ र उनकी श्रीमतीलाई जहाँ भेटे त्यही मारिदिने’ बम हानेर घर उडाइदिने’ जस्ता धम्की दिएको महासंघको भनाई छ।
बिएल संवाददाता - काठमाडाैँ