कीर्तिपुर नगरपालिकाका मेयरको निधन
उनको वीर अस्पतालमा उपचारको क्रममा बिहीबार राति निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
उनको वीर अस्पतालमा उपचारको क्रममा बिहीबार राति निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
स्थानीय बिमा तामाङको घर माथिबाट आएको पहिरोले पुरेर घरभित्र आगो ताप्दै गरेका उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
बिएल संवाददाता - रामेछाप
क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन्। जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको पनि उनको अनुमान छ।
बिएल संवाददाता - काठमाडाैं
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
विसं २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा दुई हजार दुई लाभग्राहीले अझै पहिलो किस्ता पाउन सकेका छैन। भूकम्प गएको झण्डै दश महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन्। पहिलो किस्ता पाएका सबै लाभग्राहीले पनि दोस्रो किस्ता पाउन सकेका छैनन्। जिल्लामा ३२ हजार नौ सय ९६ लाभग्राहीले पहिलो किस्ताबापत रु २५ हजारका दरले रकम पाएका छन्। बाँकी दुई हजार दुई लाभग्राहीका लागि रकम प्राधिकरणबाट उपलब्ध नभएकाले पहिलो किस्ताको रकम नपाएको जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार पहिलो किस्ताबापत रु २५ हजारका दरले ३२ हजार नौ सय ९६ लाभग्राहीले रु ८२ करोड ४९ लाख प्राप्त गरेका छन्।
बिएल संवाददाता - रुकुमपश्चिम
बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब ११ करोड, ६१ लाखको आलु आयात गरिएको छ। सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो। नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० भन्दा गत आवमा रु १८ करोडको आलु बढी आयात गरिएको हो। आर्थिक वर्ष २०७९/८० मा रु ९३ करोड ६० लाख ६९ हजार बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो।
बिएल संवाददाता - बाँके
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय ३४ जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २५ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ३४ जनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी तथा विदेशी निजी लगानी आकर्षित गर्न लगानीको वातावरण सुधार्नुपर्ने बताएका छन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसमक्ष आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन करारबमोजिम बिहीबार बुझाएको कार्यसम्पादन प्रतिवेदन ग्रहण गर्दै उनले लगानीको वातावरण सुधारलाई निरन्तरता दिनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौँ
सामाजिक सञ्जालमा अहिले ‘उड्ने’ र ‘गुड्ने’ नागरिकबीच राज्यले देखाएको विभेदको बारेमा चर्चा भइरहेको छ। सरकारले आफ्नै नागरिकको मृत्युमा पनि विभेद गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आलोचना गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
क्याप्टेन ओम गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा बुधबार भएको सौर्य एयरलाइन्सको जहाजमा दुर्घटनाको मुख्य कारण इन्जिन फेल भएको हुनसक्ने अनुमान गरेका छन्। जसका कारण चालक दलका सदस्यहरुको माइन्ड अर्लट हुन नसकेको पनि उनको अनुमान छ।
बिएल संवाददाता - काठमाडौँ
झाले पैसाको कारोबार नै नभएको बताउँदै भने, 'यो पत्र १८ महिना अगाडि लेखिएको रहेछ, हामीले आफ्नो स्रोतबाट बुझ्दा अमेरिकी दूतावासमा रजिस्टर पनि नभएको र त्यसैले गर्दा त्यसमा सिफारिस गरिएअनुसार कसैको काम नभएको पाइएको छ।'
बिएल संवाददाता - काठमाडौं
उनले मृतकका परिवारलाई कुनै किसिमको झन्झट नदिइ सहज रुपमा प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेकाे छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले गड्तौलालाई मुख्यसचिव नियुक्त गरेकाे हाे। यससँगै उनी नेपालकाे पहिलाे महिला मुख्यसचिव बनेकी छन्।
बिएल संवाददाता - काठमाडौं
नक्कली भुटानी शरणार्थी प्रकरणमा एक महिनादेखि थुनामा रहेका बेचन झालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। बिहीबार न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले बन्दी प्रत्यक्षीकरण निवेदनमा अन्तिम आदेश गर्दै कानुन बमोजिम गर्नु भनी आदेश गरेको हो।
बिएल संवाददाता - काठमाडौं
‘विद्यार्थी बाहिर देशमा गएर पढ्ने कुरा पहिला पनि रोकिएको थिएन। अहिले पनि रोकिएको छैन। उतै बसोबास गर्ने, काम गर्ने गर्छन्। तर धेरै विद्यार्थी जान थालेभने रेमिट्यान्स घट्दा समस्या हुन्छ। त्यही भएर यसमा विचार गर्नुपर्छ। १२ कक्षासम्मका बच्चाहरुलाई सिधैँ सुविधा दिएर बाहिर जाने व्यवस्था गर्दा धेरै राम्रो हुँदैन’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
बैठकमा दैनिक प्रशासनिक काम कारबाही तथा केही राजदुत फिर्ता र सिफारिसबारे निर्णय हुनसक्ने बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
उनीहरूले आफूहरूलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारका सदस्यलाई रोजगारी दिनुपर्ने, सन्तानका लागि उच्च शिक्षाकाे व्यवस्था गर्नुपर्नेलगायतकाे माग राखेका छन्। साथै उनीहरूले यसका लागि कम्पनीले आफूहरूसँग लिखित सम्झौता गर्नुपर्ने माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
काठमाडाैंस्थित गोकर्णेश्वर नगरपालिका–४ मा रहेको सहयोगी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ‘स्मार्ट आईडी कार्ड’ वितरण गरिएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
उद्धारपछि उनलाई उपचारका लागि सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएको थियो। पाइलट शाक्यको ढाडको हड्डी दुई ठाउँमा भाँचिएको बताइएको छ। अहिले उनलाई केएमसीको न्युरो सर्जरी आइसियुमा राखिएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।
बिएल संवाददाता - काठमाडौं