चितवनमा खुल्यो ५० करोड लगानीमा वेलनेस होटल
चितवनको पदमपुरमा ५० करोड रुपैयाँ लगानीमा एउटा वेलनेस होटल खोलिएको छ। पर्यटनकर्मीहरू लाक्पा ढुण्डुप लामा, सुशील चौधरी र राजेन्द्र महतोको लगानीमा खुलेको उक्त होटलको मंगलबार पर्यटन तथा संस्कृति मन्त्री हितबहादुर तामाङले शुभारम्भ गरेका छन्।
बिएल संवाददाता - चितवन