बुधबार, २६ नोभेम्बर २०२५

साढे १५ करोडको लागतमा बिर्तामोड–शनिश्चरे सडक कालोपत्र

झापाको बिर्तामोड–शनिश्चरे सडकखण्डको छ किलोमिटर सडकमा करिब रु साढे १५ करोडको लागतमा कालोपत्र गर्ने काम थालिएको छ। पहिलो चरणमा अर्जुनधारा–६ महानन्दचोकस्थित पुलबाट करिब डेढ किलोमिटर सडक कालोपत्रसुरु भएको सडक डिभिजन कार्यालय दमकका इन्जिनियर उज्ज्वल खतिवडाले जानकारी दिएका हुन्। ‘बहुवर्षे योजनाअनुसार सडक निर्माण भइरहेको छ’, उनले भने, ‘मौसमले साथ दियो भने तीन–चार दिनभित्र काम सकिन्छ।’ बिर्तामोडको टाटा शोरुमदेखि महानन्द चोकसम्मको करिब पाँच सय मिटर सडकको चौडाइ १५ मिटर हुनेछ भने बाँकी सात मिटर हुनेछ। कालोपत्रको मोटाइ ४० सेन्टिमिटर रहने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - झापा

भीर मौरीको टोकाइबाट १३ जना घाइते

भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन्। मौरीको टोकाइबाट रुकुमपूर्वको भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी

‘शितल’ अनि ‘न्यानो’ पार्ने ‘एसी’ले कसरी पर्यावरणको घाँटी अठ्याइँरहेको छ?

हरेक वर्ष पृथ्वी तातिइरहेको छ। यसपालि आधा विश्व प्रचण्ड गर्मीको चपेटामा छ। एशियाका धेरै देशमध्ये अत्यधिक गर्मी हुने नेपाल पनि हो। खासगरी नेपालका तराई-मधेसमा धेरै नै गर्मी हुन्छ। यो याममा चल्ने तातो हावाका कारण आम मानिसको जनजीवन पनि अस्तव्यस्त भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मकवानपुरमा जंगली च्याउ खाँदा श्रीमानको मृत्यु, श्रीमती र छोराछोरी बिरामी

मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने चार जना बिरामी भएका छन्। आइतबार राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए। स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्‍याएकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मकवानपुर

स्कुटर चोरेको आरोपमा एक युवक पक्राउ

स्कुटर चोरेको आरोपमा प्रहरीले गोंगबुबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भएर स्वयम्भू बस्ने २५ वर्षीय सुरज बस्नेत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

वैदेशिक रोजगारको ठगीबारे सरकार किन मौन?

‘वैदेशिक रोजगारमा गएका लाखौँ युवाहरुको माग सम्बोधनका निमित आफूहरुले निरन्तर आन्दोलन गरिरहेको भए पनि सरकारले समस्या समाधानका लागि पहल नगर्दा दुख लागेको छ। तर हामी थाकेका छैनौँ, हाम्रो माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहन्छ’, साहले भने, ‘हामी हाम्रो मागको बारेमा सरकार र विभागलाई ध्यानाकर्षण गराईसकेका छौँ तर पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हुलाकबाट छिरे, करोडौँका ‘काण्ड’हरूसँगै मुख्यसचिव भए

नेपालको निजामती कर्मचारी इतिहासमा बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको यो पहिलोपटक हो। इतिहासको यो कालो पानामा आफ्ना नाम नपरोस् भनेर अर्यालले मुद्दा दर्ता हुनुअघि नै प्रधानमन्त्रीसँग परामर्श गरेका थिए। तर प्रधानमन्त्रीले ‘विवेक प्रयोग गर्नू’ भनेर फर्काइदिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फणिन्द्र देवकोटाकाे रिट ‘हेर्दाहेर्दै’ मा

गण्डकी प्रदेशका पदमुक्त सांसद फणिन्द्र देवकोटाले दायर गरेको रिट आज हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेकाे रिट आइतबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार अभियोग लागेका बैकुण्ठ अर्याल स्वतः निलम्बित, काे बन्लान् मुख्यसचिव?

भ्रष्टाचार अभियोग लागेका मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनी स्वतः निलम्बनमा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचार अभियाेगमा मुख्यसचिव अर्यालविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार गरेकाे अभियोगमा मुद्दा दायर गरेकाे छ। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरण र अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै उनीविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुशील प्याकुरेलद्वारा दक्षिण कोरियाकाे राजदूत बन्न अस्वीकार

उनले राजदूत पदमा सिफरिश गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेतसमेत नदिइएकाे गुनासाे गरेका छन्। उनले राजदूत नियुक्तिसम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक रहेकाे उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारकाे आरोप लागेपछि राजीनामा दिने तयारीमा मुख्य सचिव अर्याल

मुख्य सचिव डा. बैकुण्ठ अर्यालले राजीनामाको तयारी गरेका छन्। टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार गरेकाे अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गर्ने भएपछि उनले राजीनामा दिने तयारी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चुरे संरक्षणमा सरकार जिम्मेवार भएन: सांसद पौडेल

संसद्को विशेष समयमा बोल्दै सांसद पौडेलले गमलामा विरुवा रोपेर चुरे संरक्षण नहुने जिकिर गर्दै चुरे संरक्षणका लागि निश्चित कानुनी आधार बनाएर सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गराउन अन्तिम तयारी थालेको स्रोतको दाबी छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ रणनीतिका साथ मुख्यसचिव अर्यालसहित नेपाली कांग्रेसका दुई पूर्वमन्त्री ज्ञानेन्द्र कार्की र मोहन बस्नेत समेतलाई सोही विषयमा मुद्दा दायर गर्ने बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाह्रबिसेमा २२० केभीको सबस्टेसन निर्माण सम्पन्न

बाह्रबिसे सबस्टेसनमा २२०-१३२ केभी, १६० एमभीए र १३२-११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु रहेका छन्। ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका सम्पूर्ण उपकरणहरुको परीक्षण सम्पन्न भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घण्टाघरको घडी मर्मत नगरे गणतन्त्र र संघीयतालाई जिस्काइरहन्छ: सांसद शा

सांसद शाहले यो घण्टाघर राजधानीको शान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्नुपर्ने बताए। यसलाई समयमा मर्मत नगरेमा यो धरोहरले गणतन्त्र र संघीयतालाई जिस्काइरहने उनकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई विश्वप्रकाशकाे प्रश्न- लोकेसन पत्ता लाग्याे भनेर जीबी राईलाई भगाउन खाेजेकाे हाे?

‘गोर्खा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार छ र अर्का गृहमन्त्री हुनुहुन्छ। सहकारी ठगीमा फरार भएको व्यवसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नुछ उनले भने त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ? अभियुक्त पक्रिने नयाँ शैली हो? केटाकेटीपन हाे या भगाउने नियत हो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ: प्रधानमन्त्री

संविधानले आदिवासी जनजातिलाई समानता र सामाजिक न्यायको हकसहितको विभिन्न अधिकारहरू प्रदान गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले संविधानतः सामाजिक न्याय र समावेशीकरणसम्बन्धी नीतिअन्तर्गत आदिवासी जनजातिको पहिचानसहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको स्मरण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फणिन्द्र देवकोटाको रिट न्यायाधीश राउतको इजलासमा

गण्डकी प्रदेशका पदमुक्त सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ। देवकोटाकाे रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जसपा नेपालले फिर्ता लियाे लुम्बिनी सरकारलाई दिएकाे समर्थन, प्रतिपक्षको भूमिकामा बस्ने

जसपा संसदीय दलकी प्रमुख सचेतक अम्बिका काफ्लेले आइतबार एक विज्ञप्ति जारी गर्दै गत असार ५ गते बसेको लुम्बिनी प्रदेश समितिको बैठककाे निर्णयअनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं