नेता–कार्यकर्तालाई माधव नेपालले भने: पार्टीमा निराशा पैदा नगर्नुस्, धेरै रिस उठे घरमा सिरक ओढेर सुत्नुस्
उनले भने, ‘निराश हुनेहरुको काम निराशा पैदा गर्ने मात्रै हो। आशा पैदा गर्ने काम आशावादीहरुको हो। हामीले आशाको सन्देश दिने हो। आजसम्मको अनुभवले बताएको छ निराश मान्छेबाट भुटीभाट केही काम हुँदैन। आशावादी मान्छेले नै समाज परिवर्तन गर्छ। जनताको विश्वास जित्छ, संगठन बनाउँछ। संगठनलाई देशव्यापी रुपमा बलियो बनाएर लान्छ।’
बिएल संवाददाता - काठमाडौं