कसरी डेंगी, हैजा र पोलियोको ‘इपिसेन्टर’ बन्दैछ काठमाडौँ उपत्यका?
नेपालमा पटक पटक विभिन्न क्षेत्रमा हैजाको संक्रमण फैलिइरहेको हुन्छ। त्यसमा पनि काठमाडौँ उपत्यका हैजाको सबैभन्दा बढी जोखिममा रहेको स्थान हो। करिब २ सय वर्षअघि अर्थात् सन् १८२३ मा नेपालमा पहिलोपटक हैजा पुष्टि भएको थियो। त्यसयता काठमाडौँमा ५ पटक हैजाको प्रकोप फैलिइसकेको छ। एउटा अध्ययनअनुसार एउटै ठाउँमा हैजाको प्रकोप २० देखि ३० वर्षको बीचमा महामारीकै रुपमा फैलिनसक्ने देखिएको छ।
बिएल संवाददाता - काठमाडौं