बुधबार, २२ अप्रिल २०२६

उर्लियाे बल्खु खाेला (तस्बिरहरु)

काठमाडाैँकाे कलंकीस्थित बल्खु खाेलाकाे सतह बढेकाे छ। शुक्रबारदेखि निरन्तर पानी पर्दा खाेलाकाे सतह बढेकाे हाे। खाेलाले आसपासका संरचनाहरुमा क्षतिसमेत पुर्याएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - कलंकी

नागार्जुनमा पहिराेमा परेर घाइते भएका विककाे उपचारकाे क्रममा मृत्यु

अविरल वर्षासँगै शनिबार बिहान ११ बजेतिर ट्रपिकल रेस्टुरेन्टकाे भान्सा काेठा पहिराेले पुरिँदा गाेरखाकाे शहीद लखन गाउँपालिका- ६ का २२ वर्षीय मनाेज विककाे मृत्यु भएकाे काठमाडाैँ प्रहरी परिसरले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँका नदीहरुमा जलप्रवाह उच्च, किनारा क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध

शुक्रबारदेखि नियमित परिरहेको वर्षाका कारण काठमाडौँका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेसहित मुख्य नदीसहित सहायक नदीहरुमा पानीको बहाव उच्च भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

डाक्टरको एक लापरबाहीले लियो ‘फाखरा’को ज्यान

२०६३ सालमा सर्वोच्च अदालतको आदेशमा कार्यकारी जिल्ला स्वास्थ्य अधिकृत डा इफ्तिखार हुसेन कुरैशीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो, जसको प्रतिवेदनमा लेखिएको थियो, ‘यो दुखद घटना तब सुरु भयो जब विशेषज्ञ डाक्टरले नभई विशेषज्ञता नभएका एक मिडवाइफ लेभलले डोज दिएपछि बिरामीको अवस्था बिग्रियो र सीपीआर दिन सकिएन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

ओली-निवास बालकाेटमा खटिएका सुरक्षा प्रमुख उमेश थापा मृत फेला

ओलीकाे निजी निवासकाे सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापा आफ्नै घर सूर्यविनायक नगरपालिका- ९ गुण्डुमा शनिबार बिहान मृत भेटिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

काठमाडाैँमा बिहानैदेखि वर्षा, चार प्रदेशका केही-केही स्थानमा अतिभारी वर्षाकाे सम्भावना

देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा, कोशी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध

हिमाली जिल्ला हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। सिमकोट विमानस्थल क्षेत्रको मौसम खराब हुँदा बुधबारदेखि जिल्लाको हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्रबहादुर सिंहले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - हुम्ला

एसईईमा जिल्लाकै उत्कृष्ट विद्यार्थी सम्मानित

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अङ्क ल्याउने पाल्पाका विद्यार्थीलाई रामपुर नगरपालिकाले सम्मान गरेको छ। नगरको नमूना विद्यालय दरैठाँटी माध्यमिक विद्यालयबाट चार जिपिए ल्याइ जिल्लामै उत्कृष्ट हुन सफल छात्रा पूर्णिमा लक्ष्मी कुँवरलाई नगरपालिकाले नगदसहित सम्मान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रामपुर

महाभारतमा उत्पादित कफी जापान निर्यात

काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले व्यावसायिक कफी उत्पादनलाई आधुनिकीकरण गर्न थालेको छ। कफी उत्पादनलाई आधुनिक बनाउने उद्देश्यले पालिकाले व्यावसायिक कफी किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रे

ठूलो मात्रामा भारतीय कुखुराको चल्ला बरामद

रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा प्रतिबंधित भारतीय कुखुराको चल्ला बरामद गरेको छ। सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट गएको टोलीले परोहा नगरपालिका– ८ कबीर चौक स्थित तस्करले भारतीय बजारबाट लुकाई छिपाई ल्याएको एकलाख ७० हजार मूल्य बराबरको १ हजार ७०० थान कुखुराको चल्ला बरामद गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

छुम्बी लामा बने क्यानको प्रवक्ता

नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ। क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा नियुक्त गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

क्रिप्टो कारोबारमा संलग्न भएको अभियोगमा ६ जना पक्राउ

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश प्रहरीका प्रवक्ता एसएसपी भीम दाहालका अनुसार विराटनगर महानगरपालिका– १५ स्थित सोहिता कर्णको घरको दोस्रो तला भाडामा लिएर क्रिप्टो कारोबार गरिरहेको आरोपमा ६ जनालाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त

लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। बिहीबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बिबिसीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

२३ वर्षपछि संस्कृत विश्वविद्यालय जग्गा विवाद सुल्झिँदै

दाङमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयको जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाउन भन्दै पूर्व न्यायाधीश शेखर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको विश्वविद्यालय सभाका सदस्य एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौँ: प्रधानमन्त्री

सो क्रममा प्रधानमन्त्रीले नेपाल प्राकृतिक विपत्तिको उच्च ज‍ोखिमयुक्त देश भएकाले तीनवटै सुरक्षा अंगहरूको समन्वयात्मक पहलमा विपद् व्यवस्थापनको पूर्वतयारीको व्यवस्थित काम गर्न निर्देशन दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरमा सुन गाल्ने मेसिन र ५० लाखसहित ५ जना पक्राउ

पक्राउ पर्नेमा भारतको महाराष्ट्र आडवारी थाना घर भइ ललितपुरको ताल्छिखेल बस्दै आएका २८ वर्षीय युवराज विभुते, भारतीय नागरिक २० वर्षीय विक्रम यलवर, १८ वर्षीय भारतीय नागरिक अभिषेख विभुते, भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवाका २० वर्षीय सिद्धान्त चौलागाईं र ललितपुरकै महालक्ष्मी नगरपालिका–८ का २० वर्षीय यसवन्त सुनार छन् रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

सहकारी ठगी प्रकरण: संसदीय छानबिन समितिले गर्‍याे गृहसचिव र आइजिपीसँग साेधपुछ

शुक्रबार बसेको छानबिन समितिको दशौँ बैठकले गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग सहकारीमा भएको बचत ठगी, अहिलेसम्मका अनुसन्धान र कारवाहीको विषयमा साेधपुछ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अग्नि सापकोटाविरुद्धको मुद्दाको फैसला साउन २३ मा

उक्त रिट संवैधानिक इजलासमा अन्तिम सुनुवाइ सकिएर फैसला सुनाउने मिति तय भएको थियो। यसअघि असार १२ गते निर्णय सुनाउनका लागि मिति तय भएर पनि स्थगित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हार स्वीकार गर्दै प्रधानमन्त्री सुनकले भने- बेलायतका जनताले सम्मानजनक निर्णय गरे

‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन्। यसबाट धेरै कुरा सिक्न आवश्यक छ। हारको जिम्मेवारी लिन्छु’, उनले भने। ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने जितेका छन्। सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ। मैले कियर स्टारमरलाई उनको जितमा बधाई दिएँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पाँचथरमा अज्ञात व्यक्तिहरूको कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते

गएराति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामी–झाँक्री) हेर्न गएका  दिनेशसहित पर्शु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - पाँचथर