शुक्रबार, १६ जनवरी २०२६

वीरगञ्जलाई आर्थिक राजधानी घोषणा गर्न सरकारसँग प्रभु साहको माग

वीरगञ्जबाट देशको कुल राजस्वमध्ये ८० प्रतिशतभन्दा बढी उठने गरेको छ। मुलुककै आर्थिक नगरी वीरगञ्जबाट सबैभन्दा बढी राजस्व उठने गरेको बताउँदै उनले ढिला नगरी सरकारले यथासिघ्र वीरगञ्जलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

याक चौरी कृषक महासंघको सम्मेलन सुरु

कार्यक्रममा महासंघका अध्यक्ष दाबा सङ्बु शेर्पा, उपाध्यक्ष लालबहादुर के.सी. इसिमोडका निर्देशक टासी दोर्जे, नार्सी नार्कका निर्देशक डा. नीला अमात्य गोर्खाली, एफएओका प्रतिनिधि दीपकरत्न तुलाधर, पशु सेवा विभाग, पशु श्रोत निर्देशनालयका अधिकृत रेशमराज ज्ञवाली, प्रदेश पशु तालिम केन्द्रका डा. बासुदेवनाथ सम्बोधन गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने

पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेटले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेशको घोषणा गरेको छ: प्रधानमन्त्री

‘प्रदेश सरकारका नीति तथा कार्यक्रममार्फत पनि तिनै विषयलाई प्राथमिकतामा राखेको छ। त्यसैले व्यवस्था मात्र परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने भाष्य क्रमशः परिवर्तन हुँदैछ,’ प्रधानमन्त्री दाहालले भने। उनले पछिल्ला दिनहरूमा अस्पतालको सेवाप्रवाहमा गुणात्मक परिवर्तन आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - सिन्धुपाल्चोक

जग्गा विवादमा खुकुरी प्रहार गरी दाइको हत्या, भाइ पक्राउ

सोमबार साँझ धारिलो हतियार (खुकुरी) प्रहारबाट हत्या भएको खमसिंहको मृत्यु जग्गासम्बन्धी विवादमा उनकै भाइबाट भएको पाइएकाले सिंहबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

सयौँ वर्ष पुरानो ‘लिङ्गो जुधाउने’ अनौठो संस्कृतिको निरन्तरता

मङ्गलबार दग्नामका गैरी र कान्छी गाउँबिचमा भएको लिङ्गो जुधाइमा गैरी गाउँ विजयी भएको छ। प्रकृति पूजाको रुपमा चिनिने भूमे पूजामा भूमे देवतालाई खुसी बनाउन दुई गाउँबिचको लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न भएको स्थानीय अगुवा धनिलाल गर्वुजाले बताए। ‘यो संस्कृति पूर्खादेखि नै चल्दै आएको छ, हरेक वर्ष भूमे पूजामा यहाँ दुई गाउँका लिङ्गो जुधाउने प्रतियोगिता हुन्छ,’ उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - बेनी

सहकारी ठगीको छानबिनमा कांग्रेसले हावादारी सम्झौता गर्यो, जनतासँग माफी माग्नुपर्छ: कमल थापा

सहकारी विवादमा कांग्रेस र विपक्षी दलहरूले महिनौँसम्म संसद अवरुद्ध गरेकाे, समय वर्वाद गरेका र करोडौं व्यय गराएकाे भन्दै खर्चको क्षतिपूर्ति बुझाउनुपर्ने समेत उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महालेखाको वार्षिक प्रतिवेदन: तीन वर्षमा ४ हजार नेपाली श्रमिकको मृत्यु, कुन देशमा कति?

वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ मा वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले मृत्यु भएमा मृतक श्रमिकको नजिकको हकवालालाई वैदेशिक रोजगार कोषबाट प्रारम्भमा रू. तीन लाख र २०७४ साउन १६ गतेदेखि रू सात लाख आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो। निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जलवायु परिवर्तनका असरले चुनौती थपियाे, हिमाल संरक्षणमा लागाैँ: प्रधानमन्त्री

विश्वव्यापी जलवायु परिवर्तनका कारण तापक्रमको वृद्धिसँगै सगरमाथालगायतका हिमालहरू यसको असरको चपेटामा पर्दै गएका उल्लेख गर्दै प्रधानमन्त्रीले जलवायु परिवर्तनका असरलाई घटाउने तथा हिमालका फोहोर व्यवस्थापनलगायत चुनौती थपिएका बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यालय आउन छाडे विद्यार्थी

वीरेन्द्र विद्या मन्दिरमा कक्षा ९ मा अध्ययनरत जगत तिरुवा मध्याह्नतिर गर्मीका कारण गाह्रो हुने गरेको बताउँछन्। ‘गर्मीले पढ्नै सकिँदैन’, उनले भने, ‘दिउँसो १२ बजेपछि कक्षाकोठामा तातो बाफ निस्कन्छ। बेञ्चमा बस्नै गाह्रो हुन्छ। डेक्स र बेञ्च पनि तातेका हुन्छन्।’

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

तीन दिन अत्यधिक गर्मी बढ्ने, सचेत रहन महाशाखाकाे अनुराेध

बुधाबार, बिहीबार र शुक्रबारसम्म विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई र पहाडका जिल्लाहरुमा अत्यधिक गर्मी बढ्ने महाशाखाले जनाएकाे छ। महाशाखाका अनुसार ती भू-भागहरुमा ४० डिग्री वा साेभन्दा माथिसम्म तापक्रम बढ्ने र ताताे हावा तथा ताताे लहर चल्ने सम्भावना रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीरगञ्जमा १५ वर्षीया बालिकामाथि छुरा प्रहार

राधेमाइस्थित विक्रम तिमल्सिनाको घरमा कोठा लिएर बस्दै आएकी पकहा मैनपुर गाउँपालिका- १ की १५ वर्षीया बालिका प्रिया यादवमाथि मंगलबार राति साढे ८ बजे छुरा प्रहार भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

तीन प्रदेशमा वर्षाकाे सम्भावना

हाल देशको कोशी प्रदेशलगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सूर्य थापा नेतृत्वमा सहकारी ठगी छानबिनको संसदीय समिति गठन

प्रतिनिधिसभाले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ। समितिको नाम ‘सहकारी संस्था बचत रकम दुरुपयोग समबन्धमा संसदीय छानबिन विशेष समिति’ राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पर्यटन पूर्वाधार निर्माणमा जाेड, भारत-चीन लक्षित कार्यक्रम

अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ काे बजेटमा पर्यटन पूर्वधार निर्माण र छिमेकी मुलुक भारत र चीन लक्षित कार्यक्रमलाई जाेड दिइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौंँमा जग्गा विकास र ‘नयाँ नगर’, भेरीगंगामा ‘आधुनिक सहर’

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले काठमाडौँको उत्तर पूर्वमा नयाँ नगर निर्माण तथा सुर्खेतको भेरीगंगामा पहाडी क्षेत्रको आधुनिक सहर बनाउने घोषणा गरे। काठमाडौँ र अन्य सम्भावित सहरहरूमा विपद प्रतिरोधी ५० हजार आवास इकाइ विकास गरिने पनि उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले प्रधानमन्त्री पत्नी सीता दाहालकाे नाममा कलेज स्थापना गर्ने

‘काठमाडाैँ विश्वविद्यालयमा सीता दाहाल मेमाेरियल कलेज अफ न्याचुराेप्याथी एण्ड याेगिक कलेज एण्ड साइन्स कलेज स्थापना र संरचनकाे लागि रकम व्यवस्था गरेकाे छु’, मन्त्री पुनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लुम्बिनीमा कृष्णसेन इच्छुक सञ्चारग्राम स्थापना गरिने

त्यस्तै सञ्चारकर्मीकाे क्षमता वृद्धिका लागि तालिमकाे व्यवस्था गरिने, सामाजिक सञ्जाल तथा डिजिटल क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाइने, डिजिटल प्लेटफर्ममार्फत गरिने विज्ञापनलाई नियमन गर्ने, विज्ञान क्षेत्रलाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने र लाेककल्याणकारी विज्ञापनलाई निरन्तरता दिने मन्त्री पुनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं