रामेछापमा बाढीले बगायो धानखेत
मन्थली नगरपालिका– १ को रणजोर खोला, मन्थली– २ को कठजोर खोला लगायतमा आएको बाढीले किसानले धान लगाएको खेत बगाएर क्षति पुर्याएको छ। कठजोर खोलाले किनारका सयौँ रोपनी धान लगाएको खेत कटान र पुरेर क्षति पुर्याएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए।
बिएल संवाददाता - रामेछाप