शुक्रबार, १६ जनवरी २०२६

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

आज मातातीर्थ औँसी। आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ। वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ। आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन्। यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दाेषी भए फासी देऊ, हाेइन भने न्याय देऊ- सन्दीप लामिछाने

बलात्कार मुद्दामा दाेषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानले आफू दाेषी भएका फासी चढाउन चुनाैती दिएका छन्। लामिछानेले सामाजिक सञ्जालमार्फत आफू दाेषी नरहेकाे दाबी गर्दै आफूलाई कि न्याय दिन कि फासी दिन चुनाैती दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रविमाथि छानबिन समिति के हुन्छ, जिबी राईबारे गृहमन्त्रीले के भने?

‘आज म मन्त्री छु। भोलि अर्को होला। त्यसरी हामीले समिति बनाउँदै नबनाउने भनेका होइनौं’ उनले पत्रकारहरूसँग भने ‘बिना कुनै आधार त्यसरी समिति बनाउने नै हो हामी पनि तयार छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

२३ करोड २७ लाख असुल्नुपर्ने ठहर गर्दै सुनिल पौडेललाई ९ वर्ष कैद

अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले उनीबाट २३ करोड २७ लाख असुल्नुपर्ने ठहर गर्दै त्यति नै रकम जरिवाना असुल्नुपर्ने फैसला सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संसद्‍मा बोल्न पाउनुपर्ने भन्दै गृहमन्त्री लामिछानेले लेखे सभामुखलाई पत्र

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको बारेमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गत अधिवेशनमा अवरोध गरेपछि बोल्न नपाएका उनले २८ गतेबाट सुरू हुने नयाँ अधिवेशनमा बोल्न अनुमति मागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वर्षाले केही घट्यो वायु प्रदूषण, अझै तीन दिनसम्म वर्षाको सम्भावना

वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गत शनिबार एक सय ९२, आइतबार एक सय ७६, सोमबार एक सय ५६ पुगेको थियो। वायु प्रदूषण घटेर आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय २७ पुगेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ममाथि संसदीय छानबिन समिति बनाउने कुनै आधार छैन: गृहमन्त्री लामिछाने

उनले आधार नभई किन छानबिन समिति बनाउने भन्दै भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका संसदमा आउने र कुनै आधार नभएको उजुरीमा छानबिन गर्नुपर्ने भन्दै प्रश्न गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दैलेख बजारमा आगलागी (भिडियो)

दैलेखको नारायण नगरपालिका १ मा रहेको दैलेख बजारमा आगलागी भएको छ। मंगलबा दिउँसाे करिब सवा २ बजे एउटा मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसकाे अडान कायमै

‘हामीले संसदीय छानविन समितिको कुरा राखेको छौँ। सरकारले आगामी बैठकमा प्रस्तुत हुँदा सहकारी ठगीमा गृहमन्त्रीको पनि संलग्नता रहेका देखिएको छ। राजीनामा मागेका छैनौँ, प्रश्न उठेपछि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने कुरा राखेका छौँ। सरकारले समिति बनाउँछ भन्ने विश्वास राखेका छौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ ‘जसपा’ बनाएका नेताहरू एमाले संसदीय दलमा

उपेन्द्र यादवलाई एक्ल्याएर नयाँ पार्टी बनाएका जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईसहित नेता तथा सांसदहरू एमाले संसदीय दलको कार्यालयमा पुगेका छन्। आइतबार नयाँ पार्टी बनाएका उनीहरूले त्यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ भएपछि हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै 

मंगलबार रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटनका लागि जाँदै गरेका मुख्यमन्त्री जम्कट्टेलको अचानक स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत् काठमाडौँ ल्याउन लागिएकाे उनकाे सचिवालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुसी सेनामा कार्यरत नेपालीका परिवारसँग प्रधानमन्त्रीले भने- तपाईंहरूको माग सम्बोधन हुन्छ, म आफैँले थप पहल गर्छु

‘उच्चस्तरको कूटनीतिक पहल हुन्छ, म आफैँले थप पहल गर्छु,’ प्रधानमन्त्री दाहालले भने। युद्ध मैदानमा रहेका नेपालीसँग आफूले फोनमा कुरा भएको उल्लेख गर्दै प्रधानमन्त्रीले उनीहरूको अवस्थाबारे कूटनीतिक च्यानलबाट निरन्तर छलफल भइरहेको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ठमेलकाे होटल भियनामा सीआईबीकाे छापा, तीन जना पक्राउ

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङको ठमेलस्थित होटल भियनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छापा मारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका पुनको उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लैजाँदा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग

हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका अग्निपीडित परिवारलाई सहयोगस्वरुप रु एक लाख ७६ हजार प्रदान गरिएको छ। यही वैशाख १४ गते जंगलमा लागेको डढेलो गाउँमा फैलदा घर जलेर विस्थापित भएका सात परिवारलाई जिल्लाका एक सय ५२ शिक्षकसहित एक सय ६७ जनाबाट चन्दा संकलन गरेर उक्त रकम प्रदान गरिएको हो। पीडितलाई क्षतिको मूल्यांकन गरेर रु १२ देखि ४५ हजारसम्म प्रदान गरिएको सहयोग सङ्कलन अभियानका संयोजक एवं कालिका आधारभूत विद्यालय नवलपुरका शिक्षक दिलीप वाम्बुलेले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

चट्याङ लागेर बालकको मृत्यु

चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ। सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - अछाम

उपप्रधानमन्त्री यादव स्वदेश फिर्ता

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ  बैठकमा भाग लिएर स्वदेश फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ। आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्यू नबिकेपछि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेको निर्देशनमा त्यहाँका कर्मचारीले प्रतिमहिना रु एक लाख बराबरको घ्यू खरिद गर्न थालेका हुन्। गत फागुनदेखि घ्यू खरिद सुरु भएको हो। गुठी संस्थानले पनि घ्यू खरिद गर्न थालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि धरानका दुई पौरखी युवकले बेकरी उद्योग सञ्चालन त्यसलाई असत्य साबित गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - धरान

आजकाे माैसमः आज यी प्रदेशमा हुनेछ वर्षा

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती  र कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको  छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ