डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग
आफ्नै घर आँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन्। पशु बस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन्। किसानलाई मटिहानी नगरपालिका र हेफर प्रजेक्टको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले सोमबार डाले घाँसको बीउ वितरण गरेको हो। विभिन्न समूहमा आबद्ध महिला किसानलाई जनही मेनदोला-५५०, बकाइनो-१५० र भटमासे-१२० ग्राम दिइएको परियोजना संयोजक महेश यादवले बताए। डाले घाँसको बीउ मटिहानी नगरक्षेत्रका २०० बढी महिला किसानले पाएका छन्।
बिएल संवाददाता - महोत्तरी