डा. महेन्द्रजंग शाह
पूर्वीय दर्शनले स्थापित गरेको समवाद र प्लेटोको कम्यूनिज्म ब्याख्याको आडमा कार्लमार्क्सले बनाएको प्रतिशोधात्मक थेसिस संसारका मौखिक गफाडीकालागि कम्युनिष्ट राजनीतिक विचार बन्यो। मार्क्सवाद जर्मनमा प्रयोग भएन तर मौखिक र गफाडीले कम्युनिष्टका नामबाट अर्धचेतन समाजमा शासन सत्तामा पुगे भर्याङ बनाए तर अयोग्यता र भौतिकताले सदाको लागि अन्त्य गरिदियो। नेपालमा अझै कम्युनिष्टको नामबाट भजन गाएको सुनिन्छ। मौखिक, गफाडी, आपराधिकता, भतुवाई र पेटगासे कम्युनिष्टको मौलिक संगती हो।
कम्युनिष्टको विकास बेलायतमा कार्यालय खोलेर, अमेरिकाको कामरेड शब्द भजाएर, फ्रान्समा भएको औद्योगिक क्रान्तिलाई पुर्नजागरणको चेतनाबाट १८ र १९ औं शताब्दीमा भएको श्रमिक आन्दोलनमा जोडेर गरेको भतुवाई नै कम्युनिष्टको उत्पत्ति विन्दु मानिन्छ। अज्ञानीहरुले मजदुरको सामाजिक असन्तोषलाई वर्ग संघर्ष मान्दछन।
भुस्याहहरु कार्लमार्क्स र फ्रेडरिक एङ्गल्सलाई कम्युनिष्ट विचारधारा स्थापक मान्छन तर जर्मनका शासकले मार्क्सका हजुरबुबाको जवरजस्ती धर्म परिवर्तन र जागिरका लागि क्रिश्चियन बन्नैपर्ने निरङकुशता प्रतिशोधमा लेखिएको एन्टिथेसिस नै पछि मार्क्सवादको रुपमा विकास भएको बुझ्दैनन्। द्वन्द्वशास्त्रले उत्पादनका साधनको निजी मालिक हुनु वर्ग विभेदको मूल कारण बनाएको थियो। श्रमिक वर्गले सत्ता कब्जा गरी कम्युनिज्म स्थापना गर्नुपर्छ भनेकै सन्दर्भमा भएका विश्वयुद्धले युरोप र रूसमा ल्याएको राजनीतिक अस्थिरता, आर्थिक संकट, बेरोजगारी र सामाजिक असन्तोषले कम्युनिष्ट आन्दोलनलाई बल स्वरुप रुसमा १९१७ को क्रान्तिमा बोल्शेविक पार्टीले सरकार कब्जा गर्यो। विश्वमा पहिलो कम्युनिष्ट राज्य स्थापना भयो। यसको प्रभावबाट बनेका पूर्वी युरोपका रातो झण्डा स्थायी रहेनन्। यसपछि चीन, भियतनाम, क्युबा जस्ता देशहरूमा कम्युनिष्ट भनिने शासन आयो। आवाज रोक्दा भएको क्षतिका कारण सोभियत संघमा लेलिन, चीनमा माओ, रोमानियामा चाउचेस्कु र युगोसलाभियामा मिलोसोभिक आज पनि आपराधिक मानिन्छ।
सोभियत संघ १९९१ मा कम्युनिज्म ढल्यो। चीनमा माओको समाजवाद देंग सियाओपिङले बजार समाजवादले प्रतिस्थापना गरी पूँजीवादी बाटोमा मोडिदियो। उत्तर कोरियामा किम वंशबादलाई कम्युनिष्ट भनियो। कम्बोडियामा पोल पोटले २० लाखभन्दा बढी मानिस मारे। इथियोपिया, अंगोला, मोजाम्बिक, भियतनाममा हजारौ मानिस मारिए। नेपाल लगायत दक्षिण एशियामा कम्युनिष्टमा पद, सत्ता र स्वार्थमा रुपान्तरण भयो। जनताको मुक्तिको नाम दिएर पार्टी फुट, गठबन्धन र भागबन्डामा छ। यसको उदारण प्रचण्ड बाबुराम माधव झलनाथ बामदेव हुन्। यी विचारमा बिटुलो र ब्यबहारमा पतित भएका छन। भर्खरै बिटुलिएको नेपाली कम्युनिष्ट पार्टी गठन भएको छ।
स्टालिनले सोभियत संघमा गरेको ग्रेट पर्जको महान सफाया अभियानमा लाखौं मानिसको हत्या र निर्वासन, माओ जेदुङको ग्रेट लीप फरवर्ड नीतिका कारण ३०-४५ लाख मानिसको अकाल मृत्यु र सांस्कृतिक क्रान्तिका नाममा बौद्धिक, विरोधी र धर्मालम्बीहरूमाथि दमन गरी सत्ता पूर्ण रूपले केन्द्रिकृत बनाई सामाजिक र आर्थिक विफलताका बिचमा लाखौंको मृत्यु, पोल पोटले कम्बोडियामा करिव १७ लाख मानिसको हत्याबाट उत्पन्न परिस्थितका साथै आर्थिक कमजोरी, राजनीतिक असफलता, सामाजिक असन्तोष, अन्तर्राष्ट्रिय दबाब, र असफलताले पतन भए। नेपालमा प्रचण्ड र बाबुराम कम्पनीले १७ हजारको जीवन लिला समाप्त पारे। २१ औं सदिको चेतनाले कम्युनिष्ट प्रणालीमा रहने सत्ताको केन्द्रिकरण, तर्कको सिमितता, व्यक्तिगत स्वतन्त्रताको ह्रास र आर्थिक अनिवार्यता अस्विकार गर्दछ। त्यसैले सभ्य मानिस कम्युनिष्ट हुन सक्दैन भन्ने दावी सापेक्षिक र निश्चित हुन्छ। यसको उदारण भाद्र २३ र २४ गतेको क्रान्त्रि हो।
अध्यन र बुझाईमा भिन्नता
अध्यनबाट मार्क्सवादका संस्थापक कार्ल मार्क्सले भनेका थिए काम गर्ने क्षमता अनुसारको योगदान, आवश्यकताअनुसार वितरण नै कम्युनिज्म हो। उनले मानव इतिहासको केन्द्रमा वर्ग–संघर्ष छ भनेका थिए। फ्रेडरिक एंगेल्सले क्रान्ति स्वयं कठोर र निर्णायक हुन्छ भन्ने टिप्पणी गरेका थिए। भ्लादिमिर लेनिन सिद्धान्तबिना क्रान्तिको नेतृत्व सम्भव हुँदैन भन्दै कम्युनिज्म राज्य शक्तिसँग वैज्ञानिक–प्राविधिक विकासको संयोजन गरेका थिए। माओत्से तुङले राज्यसत्ता अन्ततः शक्तिमा आधारित हुन्छ। अल्बर्ट आइन्स्टाइन सामाजिक न्याय–केन्द्रित डेमोक्रेटिक सोसियलिज्मका समर्थक थिए। उनले पूँजीवादका समस्याको मुक्ति समाजवादी अर्थतन्त्रबाट सम्भव छ भन्ने विचार ब्यक्त गरेका थिए। जर्ज ओरवेल कम्युनिज्मका दमनकारी व्यवहारका आलोचक थिए। उनले कम्युनिस्ट शासनमा बराबरीको नाममा असमानता बढेको व्यङ्ग्य भनेर जनवारको फार्मसँग तुलना गरेका थिए।
बुझ्दाको मार्क्सवादले शासक मानिस र जनता सर्वाहारा दास जनवार रहेछन भन्ने देखाउछ। मानव–स्वभावका बारेमा थोम्स हब्स, अरेन्ट र नोबर्टो बोब्बियोजस्ता दार्शनिकहरूले व्यक्तिगत प्रोत्साहन हटाउँदा उत्पादनशीलता घट्ने हुन्छ भन्ने तर्कबाट आलोचना गरे। वर्ग–संघर्षलाई इतिहासको एक मात्र चालक मान्ने बिचारमा कार्ल पोपरले इतिहास बहुआयामिक हुन्छ। केवल आर्थिक वर्गले मात्र निर्धारण गर्दैन भनेर दार्शनिक रूपमा असमर्थित रहेको प्रमाणित गरे। युटोपियन आदर्शवादी ल्युडविग भोन मिसेस र हेइक वर्गरहित समाज साँच्चिकै युटोपियन हो तर मानव समाजमा स्वभावत विविधता रहने भएकाले पूर्ण बराबरी व्यवहारिक छैन। यसको परिणाम व्यवहारमा समानता होइन, सत्ताको केन्द्रीकरण हो। सत्ता–केन्द्रित राज्य मशीनरी र अधिनायकवादमा हाना अरेन्टले कम्युनिस्ट शासनको भविष्यमा स्वतन्त्रता दमनकारी राज्यले सर्वहारा तानाशाही हुन्छ। मिसेस र हेइकले बजार बिना मूल्य निर्धारण असम्भव हुन्छ। मूल्य नहुँदा योजना बनाउन सम्भव हुँदैन। के उत्पादन गर्ने, कति उत्पादन गर्ने, कसलाई दिने आदि केद्रीकृत योजनाले आर्थिक असक्षमता बनाउछ भने। रेयमन्ड एरोनले इतिहासले देखायो कि मजदुरहरू प्रायः विविध पहिचानमा बाँडिन्छन्। वर्ग–सचेतना दार्शनिक रूपमा अत्यधिक सरलिकृत छ जटिल छैन। कम्युनिज्मले नैतिकतालाई अर्थशास्त्रमा सिमित गरेको भनेर लियो स्ट्राउस आफ्नो भनाई राखे। मार्क्सवादले नैतिकता, आध्यात्मिकता, मूल्य–प्रश्नलाई आर्थिक संरचनाबाट मात्र व्याख्या गर्छ त्यसैले मानवीय जटिलता घटाएर एक आयाममा ल्याउने दोष ल्याउछ भने। ऐतिहासिक दावीहरू असफल भएको छ भन्दै कार्ल पोपरले मार्क्सवादको भविष्यवाणी इतिहासले पुष्टि गरेन। त्यसैले वैज्ञानिक सिद्धान्त होइन भने। नव–मानवतावादी जाँ पॉल सार्त्रले कम्युनिज्ममा व्यक्ति ‘सामूहिक संरचना’ भित्र हराउँछ। व्यक्ति स्वतन्त्र निर्णयकर्ता होइन। ऐतिहासिक अर्थतन्त्रको उत्पादन मानिन्छ। व्यक्ति स्वतन्त्रता र अस्तित्वको दार्शनिक मूल्य घटाइन्छ भने त्यसैले कम्युनिष्ट भन्ने आजको बकवास हो।
अध्यनमा मार्क्सवाद र कम्युनिस्ट विचारधारा वास्तवमा मानव समाजमा हुने वर्ग–शोषणको अन्त्य गरी सबै उत्पादनसाधनको सामूहिक स्वामित्वमार्फत वर्गविहीन, बराबरी र शोषणरहित समाज निर्माण गर्ने सिद्धान्त रहेछ। बुझाई र भोगाईमा मार्क्सवाद वा कम्युनिस्ट वर्गविहीन समतामूलक समाज बनाउने आदर्शमा मानवीय स्वभाव, व्यक्तिगत स्वतन्त्रता र आर्थिक व्यवहारिकतासँग मेल नखाँदा व्यवहारमा सत्ताको केन्द्रीकरण र अधिनायकवादी ब्यबस्थामा जनता ठगेर खाएर जनताको मुखमा हग्ने ब्यबस्था ब्यबस्था रहेछ। जसरी प्रचण्डले नेपाली जनता लुटेर सर्वाहाराको मुखमा हगेका छन।
मार्क्स-माओको दुकानमा नेपालीको काल
कम्युनिष्टलाई सज्जन मान्यवरले समाजमा समानता र साझा स्रोतलाई प्राथमिकता दिने, धनी-गरिबको भिन्नता घटाउने र वर्ग विभेद अन्त्य गर्ने र उत्पादनका साधनहरू समाजका सबैका लागि हुनु पर्छ भन्ने विचार राख्ने समुह बुझ्दछ। यसका साथै मार्क्सवादले गरेको समाज बिभाजन र बिभाजनपछीको लडाई कानूनशास्त्रको रोहमा अपराध मानिन्छ। यसर्थ १९ औ सदीको मार्क्सवाद २१ औ सदीको अपराध हो भन्नमा कुनै आपत्ति हुदैन।
कम्युनिष्ट राजनीति पातकताको शुरुवात सत्ताको केन्द्रिकरणबाट हुन्छ। यसको उदारण आफ्ना गुरु वैधको पन्जाबाट पार्टी नेतृत्व हत्याएपछी प्रचण्डले विभिन्न बहानामा ३६ बर्ष पार्टी अध्यक्ष भई हाल संयोजक बनेबाट कम्युनिष्ट प्रणालीको निर्ङकुस पातकता र आपराधिकता स्पष्ट हुन्छ। ३६ बर्षमा हर्कत अरुलाई हराउने र गलाउने र आफु नेतृत्वमा रहिरहने कार्यबाट उनका दासमा अहिले पनि नेतृत्व विकास भएको छैन। हामीले आज सत्य बोल्नु पर्छ नेपालीको यमराज प्रचण्ड हो। यसका पछाडि लाग्ने यमदुत हुन। आजको अवस्था आउनु प्रचण्डको भुमिका मुसिफर, उखाने र सहकारी ठगको भन्दा वढी छ तर पदिय जिम्मेवारीमा उखाने र रमेस लेखक बढी छन।
भ्रष्टाचार र दमन कम्युनिष्टको पहिचान हो। प्रचण्डको कार्याकर्तामा रहेको भरियावादी दासत्वको जगमा उनी परिवारवाद कायम गर्न सफल भएका छन। उनको परिवारमा राज्यको सम्पति दोहन नगर्ने कुनै सदस्य छैन। उनको भ्रष्टाचार सत्ता केन्द्रित हुँदा भ्रष्टाचारको फैलावट कालीगण्डकीदेखि लडाकाको गाससम्म पुग्यो तर दमनका कारण कसैले उठान गर्न सकेको छैन।
प्रचण्ड, माधव, झलनाथ, बामदेव, भिम रावल लगायतका कम्युनिष्ट भनेर चिनाई रातो झन्डा लिई कालो नीति बोकेका ठेक्कातन्त्रका ठगतन्त्री, कमाउनिष्ट र कलोवादी हुन। यिनीहरुमा भएको सत्ता, पद र पैसाको मोहले आफु उज्यालोको दोक्ला भ्रष्ट र जनतालाई अँध्यारो राख्ने सर्वहारा संहारक हुन्। आतंकवादको धनयुद्धले सर्वहारा माथी गरेको हत्या र उठाएको रकम साथै धनयुद्धले मारेका १७ हजार र हालैको ७६ जनाको पछिल्लो सत्ता हत्याको राजनीतिले कम्युनिष्ट मानवता विरुद्धका युद्ध अपराधी भएको स्वत पुष्टि हुन्छ।
प्रचण्ड, बाबुराम र बामदेवको ठेक्कातन्त्रको ठगतन्त्र गरेको भ्रष्टाचार र खाएको कमिसनले ठेकेदार–नेता गठबन्धन स्थापित हुन्छ। माओवादी युद्धले जनयुद्ध होइन धनयुद्ध जन्मायो। गणतन्त्र आयात हो भन्ने प्रमाणित गर्यो। प्रचण्ड र माधवहरु बामपन्थ होईन दामपन्थ हुन र दामपन्थ बजारमा छ भन्ने प्रमाणित छ।
नेपालका कम्युनिष्टको अपराध राजनीतिक, नैतिक, आर्थिक र सत्ताको दुरुपयोगमा भेटिन्छ। प्रचण्ड र बाबुरामले विदेशीको ईशारामा माओवादीकाल वा कलोवादीकाल वा रैतानीकाल वा दासकालमा करिब १७,००० नेपालीको प्राण खाए। निर्दोष नागरिकको अपहरण, हत्या, जबरजस्ती श्रम, प्रहरी र सरकारी कर्मचारीमाथि क्रूरतापूर्ण आक्रमण, विद्यालय र बालबालिकाको राजनीतिक प्रयोग, जनअदालत मार्फत कानुनी प्रक्रिया बिना सजाय र हत्या, निजी सम्पत्ति कब्जा, जबरजस्ती चन्दा उठाउने र लुटपाटले उनीहरु पुर्ण अपराधी प्रमाणित गर्दछ।
प्रचण्ड, बाबुराम, माधव, झलनाथ, बामदेवको ठेक्का, कमिशन र नातावादले मात्र बालुवाटार जग्गा घोटाला, ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड, क्रिप्टो, सुन, र ठेक्का घोटाला र राष्ट्रिय सम्पत्तिको निजीकरण र ठेक्का बाँडफाँड सम्भव भएको हो। जनताको बलिदानमा व्यक्तिगत श्रीसम्पत्ति र सत्ता निर्माण, क्रान्तिको नाममा विलासिता यीनमा भएको नैतिक र वैचारिक अपराध छलङ्ग बनाउछ।
कम्युनिस्टले युद्धकालमा जनतालाई रगत बगाउन लगाई शान्तिकालमा देश लुटी विचारधारामा जनताको विश्वास तोडे साथै क्रान्ति जनताले गरे तर पुरस्कार नेताले पाए। सर्वहाराको गितमा सर्वाहाराको संम्हार, समानताको नारामा असमानताको साम्राज्य कायम गरी कम्युनिष्ट राजनीतिलाई पार्टी राजनीति भन्दा ईटालीको सिसिलियन, एनड्रान्घेटा, क्यामोरा र जापानको याकुन्जा, चीनको ट्रायड्स जस्ता माफिया गिरोह हो भन्ने प्रचण्ड, माधव, झलनाथ र वामदेव प्रमाणित गरी आफुलाई माफियाका लकी र लुसियानोमा रुपान्तरण गरे। डाल्टन ग्याङ्ग र वाईल्ड बन्च सरह देश डकैत गरे।
गिरोह की माफिया मण्डली
प्रचण्डलाई सबैले यमराज मान्दछन। उनी यमराज हुन जसले १७ हजारको नेपालीको ज्यान आफुले खान कलोसंग साटेका थिए। उनी अधिनस्थ यमदुत हुन। नेपालको आजको सबै दुर्दशाको कुख्यात भागीदार तिनै हुन जसले १७ हजारको यमराज बन्ने सौभाग्य पायो। जति यमराज दोषी छन् त्यसका दुतहरु कम दोषी हुनै सक्दैन। पातक बुझाईले मानिस कहा पुग्छ भन्ने उदारण १७ हजारका यमदुत नै हुन भन्नेमा कसैको विमति नहोला।
यमराज प्रचण्डको आधार भारतिय कम्युनिष्ट पार्टीले अंग सरह मिति २००६।०१।१० कलकत्तामा स्थापना गरिदिएको नेपालमा कम्युनिष्ट पार्टी हो। यसले देशभक्तिको नाटकिय नक्कली गित गाएर कोसी, गण्डकी, महाकाली, लिपुलेख, लिम्पियाधुरा र कालापानी, शुस्ता बेचे तर सर्वहाराको गीतमा र सामन्तका नाममा रोजगारदाताको बली चढाई अपराधको जेललाई जनताको मुक्ति हो भन्न सिकाए। विदेशीको झुठोकलोमा मिति २०५२।११।०१ बाट सामन्तको नामदिदै भिन्न विचारका नागरिकको हत्या गर्दै पैशा उठाउने गरी सर्वहाराको संहार साथै बैक लुटे। देशको भौतिक संरचना ध्वस्त बनाए। जनताको प्रतिरोधका बाबजुद धनयुद्धको जनयुद्ध सकियो। हिजो १७००० नेपालीको ज्यान लिन माओवादी पार्टी बनायो आज नेपालको ज्यान लिन नेपाली कम्युनिष्ट पार्टी नामक गिरोह खडा गरेको छ। जनता सचेत हुन जरुरी छ।
नेपालको ज्यान लिनका लागि नै धनयुद्धले नेपालबाट नेपालीलाई शिक्षा र श्रमका नाममा विस्थापित गराएको हो। नेपालीबाट नेपाल खाली गराउने योजना कार्यान्वयन भईरहेका बेला पार्टी स्थापनाको ७० बर्षको समय अन्तरालमा ७० बर्षमाथीका चेतनाबाट अस्वीकृत कलोदासी अपराधी माफिया भेला गराई नेपाली कम्युनिष्ट पार्टी नामक माफियाको गिरोह त्यसै खोलिएको होईन भन्ने जनताले बुझ्न जरुरी छ।
वास्तममा यो पार्टी नभई नेपाल र नेपाली विरुद्द अपराधतन्त्री, कलोवादवादी, ठगतन्त्री, भ्रष्टाचारी, अनैतिक र दुराचारी देश डकैत गर्ने समुह हो। सहभागीको आपराधिक अनुभव र योग्यता हेर्दा राजनीतिक दल भन्दा सिसिलियन, एनड्रान्घेटा, क्यामोरा र याकुन्जा जस्ता आपराधिक माफियाको गिरोह जस्तो देखिन्छ। लेन्डुपको जस्तो मनसुवा बोकेका जस्ता देखिन्छन। विगतका सर्प, पताञ्जली, नानी, गास, गण्डकी आदीमा गरेको हर्कतले यी कम्युनिष्ट कदापी होईनन र नेपालका लेन्डुव उमेरमा मात्र होइन विचारमा वृद्ध अपराधी हुन भन्ने लाग्दछ। माफिया संयोजक विदेशीकालागि कलोवादी भरिया र कमैया हो र नेपालीकालागि कमाउनिष्ट देशबेचुवा हो।
नाममा कम्युनिस्ट भनेपनि समुह हेर्दा अपराध गरेर भागेका भगुवा हुन भन्ने पुष्टी हुन्छ। यो सबै विचारमा पूँजीवादी, व्यवहारमा अवसरवादी, संगठनमा सामन्ती सदैव कमाउनिष्ट र दामपन्थी देशबेचुवा हुन। दामपन्थी जनताको प्रतिनिधि होइन, देश बेचेर सत्ताको मालिक बन्नको लागि स्थापना गरेको ठगपन्थी गिरोह हो। गिरोहको नाम ठेक्का–तन्त्र पार्टी भन्दा उचित हुन्छ। जनताका सपना ठेक्कामा बेच्ने र ठगी गर्ने ठप्प समूह हो। माधवको पतान्जली, बामदेवको सुन, झलनाथको सर्प, प्रचण्डको गास हेर्दा र उमेर बुझ्दा बृद्ध भ्रष्ट्राचारी महासंघ जस्तो देखिन्छ र हो जस्तो लाग्छ। पुर्व धनयुद्धक भएको, आचरण र नैतिकतामा रुपान्तरण नभएकाको सहभागिलाले यो गिरोहलाई जनलूट मुक्ति सेना भन्दापनि हुन्छ। १७००० नेपालीको यमराज भएकाले प्रचण्डको कम्पनी मान्न सकिन्छ। यो गिरोह हो यसमा सदस्य छैनन शेयरधनी मात्र छन। यस गिरोहले क्रान्ति होइन हत्याको कारोबारको गर्दछ। हत्याको कारोबारो गर्ने भएकाले हत्यारा लिमिटेड कम्पनी हो। पार्टी होईन।
यस कम्पनीले पूँजिपतिको दलाली र क्रिश्चियनका मतियारी गर्ने देखिन्छ। गिरोहमा देशी विदेशी प्रतिक्रियाबादीका दलाल र खेलौना मात्र छन। विचार र व्यवहारबीचको विरोधाभासी, देशी र विदेशी प्रतिक्रियावादीको प्रभाव देखिन्छ। वास्तममा नेपाली कम्युनिष्ट पार्टी राजनीतिक दल नभनेर एउटा कमाउनिष्ट संघ, कलो मुक्ति मोर्चा, ठेक्का तन्त्र पार्टी, बृद्ध भ्रष्ट्राचार महासंघ, जन–लूट मुक्ति सेना, बुढा क्रान्तिकारी कम्पनी लिमिटेड, सत्तालोलुप वृद्ध क्लब, जनता ठग कमिटी, हत्या क्रान्ति प्रा.लि. सरहको आपराधिक गिरोह हो। यहां कामरेड भन्दा कामदेव बढी भएकाले यस गिरोहमा नानीप्रेमी देखी बिटुलिएका पनि छन। यसैले यो पार्टी नभई देश र जनता गासमा आफ्नो पेट सम्वोधन गर्ने पेटगासे आपराधिक गिरोह वाहेक केही होईन। यो गिरोहले देश र जनता विरुद्धको हर्कत गर्छ। नेपाललाई अस्ताउने षडयन्त्रकालागि बनेको गिरोह हो। पार्टी वा दल होईन। जनताले समयमा नै बुझ्न जरुरी छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया