बिएल संवाददाता
जुम्लाको पातारासी गाउँपालिका–१ मा बग्ने सानो चुकेनी खोलाबाट उज्यालो फैलाउने सपना देखेर स्थानीय बासिन्दाले आफ्नो घर–जग्गाको लालपुर्जा धितो राखे। कसैले पाँच हजार, कसैले दश हजार रुपैयाँ जोडे। कसैका लागि त्यो जीवनको सबैभन्दा ठूलो जोखिम थियो।
४३ करोड रुपैयाँ लागतमा बनेको चुकेनी जलविद्युत् आयोजनाको कुल लगानीमध्ये ३० करोड वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट आयो। बाँकी १३ करोड भने पालिका र जनताले जुटाए।
स्थानीयले सहकारीमार्फत करिब ६ करोड रुपैयाँ बराबरको सेयर लगानी गरे। त्यसका लागि २५ जनाले आफ्नो घर–जग्गा बैंकमा धितो राखे।
तर सपना पूरा हुने बाटो सजिलो थिएन। आयोजना निर्माणमा ढिलाइ हुन थाल्यो। काम रोकियो, फेरि सुरु भयो। समय बित्दै गयो। बैंकको ब्याज बढ्दै गयो। रातदिन चिन्ताले स्थानीयवासीलाई निद्रा लाग्न छाड्यो।
‘काम ढिलो हुँदा बैंकको ब्याज तिर्न समस्या भयो,’ पातारासी–१ का वडाध्यक्ष लालसिंह ऐडी भन्छन्, ‘रातदिन तनावमै बित्यो। त्यसपछि बल्ल बत्ती बलेको हो।’
चुकेनी बलेपछि जुम्लामा लामो समयदेखि रहेको विद्युत् अभाव अन्त्य त भयो तर आयोजना ढिलाइसँगै स्थानीयवासीको ऋण भने बढेको छ। लगानी डुब्ने डरले धेरै परिवार मानसिक र आर्थिक संकटमा परे।
यसबीच, गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले तारन्तार ठेकेदारलाई ताकेता लगाए। कहिले सरोकारवाला निकायलाई अनुगमनमा ल्याउने काममा उनी सक्रिय देखिन्थे। स्थानीयहरू भन्छन्, ‘यदि अध्यक्षले दबाब नदिएको भए, सायद आयोजना अझै अलपत्रै हुन्थ्यो।’
तर स्थानीयवासीका यी तमाम समस्या हुँदाहुँदै पनि यसैलाई फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको भोट माग्ने प्रमुख मुद्धा बनाउँदैछन् नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारी।
उनले चुकेनी बनाएको भन्दै आफूलाई विकासवादी कित्तामा उभ्याइरहेका छन्। तर जनताको ऋणबारे उनले कैतै पनि एक शब्द बोलेका छैनन्। केबल राजनीतिक लाभको खेती गरिरहेका छन्।
निर्माणको जिम्मा पोखरास्थित फेवा कन्स्ट्रक्सन प्रा.लि.ले लिएको थियो। स्थानीयस्तरमा मेघा हाइड्रो एण्ड इन्जिनियरिङमार्फत काम अघि बढाइएको थियो। विभिन्न समस्या, ढिलाइ र विवादका बीच अन्ततः आयोजना सम्पन्न भयो।
बत्ती बल्यो। खोला उज्यालो बन्यो। तर धेरै स्थानीयवासीका मनमा अझै अन्धकार छ। किनकि अहिले आयोजनालाई राजनीतिक स्वार्थको माध्यम बनाइएको उनीहरूको गुनासो छ।
स्थानीय लगानीकर्ताको पसिनाभन्दा नेताको प्रचार अगाडि देखिन थालेको उनीहरू बताउँछन्।
‘उहिले पाँच हजार रुपैयाँ लगानी गर्ने हामी आज पनि बैंकको ऋण सम्झिँदै बसेका छौँ,’ एक स्थानीयवासी भन्छन्, ‘आफ्नो राजनीति बलियो बनाउन जनताको लगानीबाट नाफा नखोसियोस्।’
उनीहरूका लागि यो आयोजना विद्युत् उत्पादन केन्द्र मात्रै नभइ यो भरोसा, त्याग र जोखिमको प्रतीक हो। आफ्नो भविष्य दाउमा लगाएर बनाएको संरचना हो।
स्थानीयहरू चाहन्छन् यसको श्रेय उनीहरूकै पसिनालाई मिलोस्। यसलाई राजनीतिक शक्ति प्रदर्शनको हतियार नबनाइयोस्।
चुकेनी जलविद्युत् आयोजना आज उज्यालो दिन सक्षम भएको छ। तर त्यो उज्यालो जनताको पीडामाथि राजनीति गरेर होइन, जनताको सम्मान गरेर फैलियोस्, भन्ने स्थानीयवासीको अपेक्षा छ।
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया