बिएल संवाददाता
जारी तेस्रो संस्करणको एनपीएलमा दोस्रो शतक प्रहार भएको छ।
आज जारी इलिमिनेटर खेलमा चितवन राईनोजका कामिल मिशारालेले काठमाडौं गोर्खाजकाविरूद्ध शतक प्रहार गरे।
५३ बलमा ८ छ्क्का र ४ चौकाको मद्धतमा शतक पूरा गरेका उनले ५९ बलमा अविजित १२० रन बनाए।
जारी सिजनमा शतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका मिशारा एनपीएल इतिहासमै व्यक्तिगत सबैभन्दा उच्च रन स्कोर बनाउने खेलाडीसमेत बनेका छन्।
एनपीएलमा हालसम्म ५ वटा शतक बनेको रेकर्ड छ। त्यसमा पनि ३ शतक पोखराका खेलाडीको नाममा छ। जारी सिजनमै यसअघि पोखरा एभेन्जर्सका युवराज सामराले कर्णाली याक्सविरुद्ध ४८ बलमा १०२ रन बनाएका थिए।
पहिलो संस्करणमा पोखराकै एन्ड्रेज गौसले ५४ बलमा शतक पुरा गरेका थिए। उनले सो खेलमा ५५ बलमा अविजित १ सय ४ रन बनाएका थिए।
दोस्रो संस्करणमा पोखराकै एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध ५४ बलमा शतक बनाएका थिए, उनले सो खेलमा ५८ बलमा अविजित १ सय ८ र बनाएका थिए।
गत संस्करणको एनपीएलमा कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो। वाटले सो खेलमा ४४ बलमा अविजित १ सय १४ रन बनाएका थिए।
यसअघि वाटले बनाएको १ सय १४ रन नै एकै खेलमा व्यक्तिगत सर्वाधिक बढी रन बनाएको रेकर्डमा थियो छ।
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
‘हेक्का रहोस्, श्रीमद्भागवत, महाभारत जस्ता ग्रन्थ प्रश्नकै जगमा आएका हुन्’
छठ पर्वको सन्देश–प्रकृति र वातावरण सबैको हो, यिनको रक्षा गरौं
करोडपति जयप्रकाशलाई रक्सीले ‘रोडपति’ बनायो…
सीमान्त साहित्यः कसको आवाज, कसको कलम?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया