बिएल संवाददाता
गृहमन्त्री रवि लामिछानेले ‘काम गर्न आएको’ रास्वपामामाथि राजनीतिक अन्याय भएको बताएका छन्।
संसदलाई सम्बोधन गर्दै उनले आफूहरू सरकारमा भए पनि सत्ता भने अर्कैले चलाइरहेको आरोप लगाए।
‘काम गर्न आएको रास्वपामाथि ठूलो अन्याय र अच्याचार गरियो’, उनले भने, ‘सत्ता र सरकार फरक कुरा रहेछ। हामी सरकारमा त छौँ तर सत्तामा रहेनछौँ।’
उनले फौजदारी अभियोग लगाइनुपर्ने सहरकारीको मुद्दालाई समिति बनाएर प्रचलित कानुनहरूलाई प्रतिस्थापन गर्न खोजिएको पनि बताए।
‘सहरकारीको पैसा अपचलन फौजदारी कानुन आकर्षित हुने मुद्दा हो। प्रचलित कानुनको अधीनमा रही अनुसन्धानको लागि म तयार रहेको अवस्थामा छु’, उनले भने, ‘फौजदारी मुद्दाको छानिबिन र अनुसन्धान संसदीय समितिले प्रतिस्थापन गर्न सक्दैन।’
उनले सहरकारको बेथिति छानिबिनका लागि समिति बनाउने कुरामा कहिल्यै बिमती नभएको पनि दाबी गरे।
‘त्यसमा हाम्रो कहिल्यै बिमती थिएन। बरु कस्तो र कसरी बनाउने भन्नेमा मात्रै केही असहमति थिए’ उनले भने ‘संसदीय छानबिनबाट म कहिल्यै डराइनँ। तर कस्तो थिति र नजीर बसाउने भन्ने डर थियो।’
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया