बिएल संवाददाता
नेपाल प्रहरीले फौजदारी मुद्दाको अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, विवरण तथा प्रमाणहरू अनधिकृत रूपमा सार्वजनिक नगर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएको छ।
आईजीपी मनोज केसीको सचिवालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरणहरू विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चुहावट भइरहेको पाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
यस्ता गतिविधिले अनुसन्धानको निष्पक्षता, संवेदनशीलता र प्रहरी संगठनको गरिमामा असर पुग्नुका साथै सम्बन्धित व्यक्तिहरूको व्यक्तिगत गोपनीयतासमेत प्रभावित हुने प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी अरुणनारायण काफ्लेले बताएका छन्।
‘फौजदारी मुद्दाको अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेखहरू सम्बन्धित निकायको स्वीकृति बिना अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्य प्रचलित कानुन तथा प्रहरी आचरण विपरीतको गम्भीर कसुर हो,’ विज्ञप्तिमा भनिएको छ।
प्रहरी नियमावली, २०७१ को नियम ७१ (आचरणसम्बन्धी व्यवस्था) उल्लङ्घन गर्ने कार्यमा नियम १०९ र ११३ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ९२(३), (४) र (५) आकर्षित हुन सक्ने हेडक्वार्टरले जनाएको छ।
आईजीपीको सचिवालयले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि आवश्यक विभागीय तथा कानुनी कारबाही हुने चेतावनीसमेत दिइएको छ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीमा कार्यरत तथा सेवाबाट अवकाश पाइसकेका सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन, सार्वजनिक नगर्न र त्यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन निर्देशन दिएको छ।
त्यस्तै, यस्ता गैरकानुनी तथा अनुशासनविपरीतका गतिविधिमा पूर्वप्रहरी कर्मचारी वा बहालवाला प्रहरी कर्मचारी संलग्न रहेको, त्यस्ता कार्यलाई प्रोत्साहन गरेको, सहयोग वा सहजीकरण गरेको पाइएमा आवश्यक छानबिन गरी संलग्न व्यक्तिमाथि विभागीय तथा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
कांग्रेस विवाद: अध्यावधिक हुनु र आधिकारिकता पाउनु अलग विषय हो
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया