बिएल संवाददाता
नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने क्रममा चर्को मूल्य चुकाउनुपर्ने भन्दै दिएकाे अभिव्यक्तिकाे जवाफ दिएकाे छ।
संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डलाई काँग्रेसकै सहयाेगका कारण जंगलबाट राजनीतिमा आएकाे जवाफ दिएका हुन्।
‘प्रधानमन्त्रीजीले मैले नेपाली काँग्रेसलाई धेरै सहयाेग गरेकाे छु, आज काँग्रेसले जे गर्याे त्यसका लागि इतिहासमा भाेलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयाे। तपाईंहरुले हामीलाई त यहाँ संसदीय राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो। हामीले पनि गरेका छौं’, उनले भने, ‘तपाईंलाई त जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो? बिर्सिनुभो। हतियार उठाएर याे सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसले ल्याएकाे कसकाे नेतृत्वमा आउनुभयो, बिर्सिनुभो?’
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया