
बिएल संवाददाता
अहिलेको सरकारमा तीन जना उपप्रधानमन्त्री छन्। जसमध्ये सबै भन्दा बढी सम्पत्ति रवि लामिछानेको देखिएको छ।
उनको घरमा ८० तोला सुनदेखि चाँदीका भाँडाकुडासमेत रहेको छ। उनले भरेको सम्पत्ति विवरणमा ८० तोला सुन र १५ केजी चाँदीको भाँडाकुडा रहेको उल्लेख छ।
ती सबै रवि श्रीमती निकिता पौडेलका हुन्। र बाबुआमाबाट प्राप्त र केही किनिएकोसमेत विवरणमा जनाइएको छ।
यस्तै लामिछानेसँग १ रोपनी १ आना जग्गा रहेको छ। जुन पैतृक सम्पत्ति हो। लामिछानेको नाममा १ लाख १० हजार रुपैयाँ नगद रहेको छ।
किताको नाममा करिब १ लाख ५० हजार नगद रहेको छ। साथमा निकिताको नाममा शेयर गाडी पनि रहेको विवरणमा उल्लेख छ।
यस्तै उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ पनि धनी देखिएका छन्। उनको ललितपुर र जनकपुरमा साढे २ तले घर रहेको छ।
यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, सिन्धुली, ललितपुर, जनकपुरमा ५ ठाउँमा गरी ८ बिघा जमिन छ। जसमा धनुषाधाममा रहेके १ बिघा १५ कट्ठा जमिन मात्र पैतृक सम्पति हो। बाँकी सबै विभिन्न मितिमा खरिद गरिएको महासेठले जानकारी दिएका छन्।
यस्तै उनीसँग २ करोड २५ लाख रुपैयाँ, ४३ तोला सुन, ७ थान औँठी, ३ थान सिक्री र ३ करोड ५५ लाख शेयर रहेको उनले उल्लेख गरेका छन्।
तीन उपप्रधानमन्त्री मध्ये सबैभन्दा कम सम्पति नारायणकाजी श्रेष्ठको रहेको छ। उनको गोरखाको सिराञ्चोक ८ मा ३ कित्तामा जमिन छ। तर त्यस जमिन पनि पार्टीलाई दिन घोषणा गरिएको र दिने प्रकृयामा रहेको श्रेष्ठले उल्लेख गरेका छन्।
उनीसँग १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको छ। एउटा गाडी चलाइरहेको र त्यो पनि पार्टी अध्यक्ष प्रचण्डले दिएको सम्पत्ति विवरण उल्लेख गरेका छन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया