बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना सभापति तथा सरकारका उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले प्रेस स्वतन्त्रतामाथि गरेको हस्तक्षपको बचाउमा उत्रिएको छ।
संविधानमा व्यवस्था गरिएको प्रेस स्वतन्त्रतामाथि धावा बोल्दै गृहमन्त्री लामिछानेले मंगलबार कान्तिपुर मिडिया ग्रुपभित्र प्रहरी परिचालन गरेकोमा उनको चौतर्फी विरोध भइरहेको छ। लामिछानेको व्यापक विरोध भएपछि रास्वपा सभापतिको बचाउमा उत्रिएको छ।
बुधबार पार्टीका प्रवक्ता मुकुल ढकालले विज्ञिप्ति जारी गर्दै नेपालको संविधानमा निर्दिष्ट प्रेस स्वतन्त्रताप्रति पार्टी कटिबद्ध रहेको भन्दै भद्धा प्रतिवद्धता प्रकट गरेका छन्।
उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालको संविधानमा निर्दिष्ट नागरिक स्वतन्त्रता, मौलिक हक, मानव अधिकार, प्रेस स्वतन्त्रता तथा निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यताप्रति यो दल कटिबद्ध छ।’
प्रेस विज्ञप्तिमार्फत प्रवक्ता ढकालले प्रतिवद्धता जनाउँदै गर्दा मिडिया हाउसभित्र प्रहरी परिचालनका विषयमा भने मुख खोलेका छैनन्।
मंगलबार गृह प्रशासनले कान्तिपुर पब्लिकेसनभित्र कार्यकक्षबाट कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरेको थियो।
सिरोहियामाथि नागरिकता किर्ते गरेको आरोप छ। तर उनले आफूलाई गिरफ्तार गर्नुमा गृहमन्त्री लामिछानेले व्यक्तिगत रिसिबी साँधेको आरोप लगाएका छन्।
कान्तिपुरले सहकारी ठगी प्रकरणमा रवि लामिछाने जोडिएको विषय शृङ्खलावद्ध लेखेको र जसको रिसिबी आफूमाथि लामिछानेले साँधेको सिरोहियाको आरोप छ।
सिरोहिया पक्राउलाई लिएर संचार उद्यमी, पत्रकार महासंघदेखि विभिन्न राजनीतिक दल, अधिकारकर्मीले विरोध जनाएका छन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया