बिएल संवाददाता
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नेपाली कांग्रेसले आधारहीन आरोप लगाएको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेससँगको छलफलपछि उनले कांग्रेस सहमतिको पक्षमा नरहेको टिप्पणी गर्दै अध्यक्ष ओलीमाथि आधारहीन आरोप लगाएको विषयमा माफी माग्नुपर्ने बताए।
‘नेपाली कांग्रेस कुनै सहमतिको पक्षमा छैन भन्ने कुरा पछिल्ला घटनाक्रमहरूले, अभिव्यक्तिहरूले संकेत गरिरहेका छन्। अनुचित र पूर्वाग्रह आरोप लगाउँदै राष्ट्रिय राजनीति बिथोल्न लागेको छ’, उनले भने, ‘एमालेका विरुद्ध प्रतिशोधपूर्ण आधारहीन आरोप लगाउँदै हिँडेको छ। यस्तो लाञ्छनाबाट पछि हट्न आवश्यक छ। कांग्रेसले आफ्नो अभिव्यक्ति फिर्ता लिँदैन भने हामी प्रतिवादमा उत्रिन्छौँ।’
कांग्रेसले गिरीवन्धु टी स्टेट प्रकरणमा ओलीले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउँदै आएको छ।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया