बिएल संवाददाता
नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडा दर बढाएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गुनासो सम्बोधन गर्न पर्यटनमन्त्री खडकराज पौडेललाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीको निर्देशन र मन्त्री पौडेलको सक्रियतामा गुनासो सम्बोधन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिलाई छलफलमा बोलाएको छ।
उक्त छलफलमा क्यान र आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी र प्रतिनिधिबीच स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने/गराउने र सो भाडादरबारे सूचना सम्बन्धित वायुसेवाको बिक्री वितरण प्लेटफर्ममा प्रकाशन गर्ने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
२०७२ मंसिर २७ गते तत्कालीन पर्यटनमन्त्री स्तरीय निर्णयअनुसार आन्तरिक हवाई सेवाको न्यूनतमदेखि उच्चतम भाडादर निर्धारण गरिएको थियो।
बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप र एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसट तथा सामग्रीमार्फत हवाई भाडादरबारे भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ।
बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ। न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइरहेकाले अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ।
रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेपछि लामो समय सडक यातायात अवरुद्ध भएको अवस्थामा यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने निर्णय गरिएको बुद्ध एयरले जनाएको छ।
कम्पनीले बाटोघाटो सहज नहुन्जेल तथा दशैं–तिहारसम्म न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने घोषणा गरी सोहीअनुसार कार्यान्वयन गरिरहेको जनाएको छ।
बुद्ध एयरले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यमबाट कायम गरिएको भाडादरभन्दा बढी मूल्यमा अनधिकृत रूपमा टिकट बिक्री गरेको पाइएमा कडा कदम चाल्ने चेतावनी दिएको छ।
कम्पनीले भनेको छ, ‘कुनै व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमबाट अनधिकृत रूपमा बढी मूल्यमा टिकट बिक्री गरेको पाइएमा त्यस्ता कार्यप्रति कडा आपत्ति जनाउँदै प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अघि बढाइनेछ।’
यात्रुहरूलाई सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट प्रसारित भ्रामक सूचना तथा स्क्रिनसटको आधारमा हवाई भाडासम्बन्धी धारणा नबनाउन पनि बुद्ध एयरले आग्रह गरेको छ।
बुद्ध एयरका अनुसार यात्रुले कम्पनीका आधिकारिक बिक्री माध्यम, वेबसाइट तथा मोबाइल एपबाट मात्रै भाडादर र टिकटसम्बन्धी जानकारी लिन सक्नेछन्।
कम्पनीले काठमाडौं बाहिर जाने यात्रुको संख्या बढेको तर काठमाडौं भित्रिने यात्रुको संख्या तुलनात्मक रूपमा कम रहेको जनाएको छ। काठमाडौं आउने यात्रुका लागि बुद्ध एयरले न्यूनतम भाडादरमा प्रोमो कोडमार्फत अफरसमेत उपलब्ध गराएको जनाएको छ।
उक्त प्रोमो कोड बुद्ध एयरको वेबसाइट तथा मोबाइल एपमार्फत सहजै लिन सकिने कम्पनीले जनाएको छ।
बुद्ध एयरले विपद्को कठिन अवस्थामा यात्रु तथा आम नागरिकलाई सहज, सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराउने प्रतिबद्धता निरन्तर कायम राख्ने जनाएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया