बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएकाे अभिव्यक्तिकाे जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद थापाले यसअघि गृहमन्त्री लामिछानेले संसदमा सम्बोधनका क्रममा बोलेका विषय उठाउँदै अब आफूहरुको हिसाब किताब गृहमन्त्रीसँग नभएर प्रधानमन्त्रीसँग हुने बताए।
गृहमन्त्रीले संसदको गरिमा नराखेको बताउँदै सभामुखको समेत ध्यानाकर्षण गराएका छन्। गृहमन्त्रीले संसदमा विदेशी एजेन्ट रहेको भन्ने वाक्य संवेदनशील रहेको बताउँदै यो भनाइलाई कांग्रेसले सामान्य रुपमा नलिने स्पष्ट गरे।
उनले भने, 'कि त प्रधानमन्त्रीले संसदमा आएर भन्नुपर्यो कि गृहमन्त्रीले बोलेका कुरामा मेरो पनि सहमति छ, हैन भने संसदको रेकर्डबाट हटाउछु भनेर भन्न सक्नुपर्यो। हिसाब किताब लिन्छौँ र यही संसदमा लिन्छौँ। यो हिसाब किताब गृहमन्त्रीसँग लिएर मात्र अर्थ भएन, हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो।'
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया