बुधबार, १८ नोभेम्बर २०२६

आजदेखि एमालेको राष्ट्रिय भेला, ओलीले उद्घाटन गर्ने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले आज राष्ट्रिय भेला बोलाएको छ। दुई दिना लागि बोलाइएको राष्ट्रिय भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्।

भेलामा सहभागी हुनका लागि सबै लगभग सबै जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइसकेका छन्। काठमाडौंको कार्की ब्याङ्क्वेटमा भेला आज बिहान ११ बजेदेखि सुरु हुने भनिएको छ।

भेलामा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष–उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुन पाउनेछन्। पार्टी अध्यक्ष ओलीले उद्घाटनसँगै भेलालाई सम्बोधन गरेपछि वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेलले समेत सम्बोधन गर्नेछन्।

 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!