बुधबार, १८ नोभेम्बर २०२६

काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा

News Image
• • •

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने बताएकी छन्।

उनले लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित।’

आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले स्पष्ट पारेकी छन्।

श्रेष्ठ लामो समयदेखि रास्वपाभित्र बालेन समूहसँग निरन्तर छलफलमा थिइन्। बालेन समूहको ग्रीन सिग्नलपछि उनले उम्मेद्वारी घोषणा गरेकी उनीनिकट स्रोतले बतायो। 

त्यसो त केही दिनअघि नेपाली कांग्रेसबाट गगन थापाले काठमाडौंको मेयरमा टिकट दिन लागेको चर्चापछि उनले मिडिया ट्रायल गरिएको प्रतिक्रिया दिएकी थिइन्।

पूर्वशिक्षामन्त्रीसमेत रहेकी श्रेष्ठले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य बनेर शिक्षा क्षेत्रमा काम गरेकी थिइन्। उनको उम्मेदवारी घोषणासँगै आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरको नेतृत्वका लागि हुने प्रतिस्पर्धाबारे चर्चा सुरु भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!