बिएल संवाददाता
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूले राजनीतिक जीवनमा पाउनुपर्ने सबै प्राप्त गरिसकेको भन्दै अब जीवनभर देशको सेवा गर्ने बताएका छन्।
कांग्रेस देउवा पक्षको नियमित १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनको भालुबाङ्गमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पाँचपटक प्रधानमन्त्री भइसकेको उल्लेख गरे।
‘मैले पाउने सबै पाइसकेँ। पाँचपटक प्रधानमन्त्री भइसकेँ। त्योभन्दा पाउने के हो? अब मैले देशलाई दिने हो, ’उनले भने, ‘त्यसकारण मेरो जीवनपर्यन्त, बाँचुन्जेल देशको सेवा गर्ने हो। लोकतन्त्रको विकासका लागि लाग्ने हो। देशमा कसैले खोस्न नसक्ने लोकतन्त्रका लागि काम गर्ने हो।’
देउवाले लोकतन्त्रका आधारभूत सिद्धान्त र मूल्य मान्यतालाई कसैले कमजोर बनाउन नसक्ने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिए। लोकतन्त्रलाई अझ सुदृढ र अगाडि बढाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
सम्बोधनका क्रममा देउवाले जेनजी आन्दोलनका क्रममा आफू जोगिएको प्रसंगसमेत उल्लेख गरे। ‘मलाई जेनजीहरूले बचाएको कुरा सत्य हो। झन्डै मारिसकेका थिए। सुरक्षा निकाय नभएको भए हामी बाँच्ने पनि थिएनौँ,’ उनले भने।
अधिवेशनमा कांग्रेस नेता प्रकाशमान सिंह, डा. शशांक कोइराला, प्रकाशशरण महत, अनुराधा कोइराला, एनपी साउद, उमाकान्त चौधरी, जितजंग बस्नेत र मोहन बस्नेतलगायत नेताहरूले सम्बाेधन गरेका थिए।
अधिवेशनमा जिल्लास्तरीय नेताहरूले आआफ्नो जिल्लाको राजनीतिक अवस्था, संगठन र आगामी रणनीतिबारे रिपोर्टिङ मन्तव्य व्यक्त गरेका थिए।
प्रदेश अधिवेशन समिति संयोजक गेहेन्द्र गिरिको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो।
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
‘सरकार! प्रहरीमा तिम्रो गैरसंवैधानिक खेल हुन्छ है फेल’
धार्मिक आस्थाको मञ्चमा राजनीतिक सन्देशः छठलाई नेताहरूले कसरी गरे उपयोग?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया