
बिएल संवाददाता
करिब डेढ महिनासम्म सात चरणमा भएको भारतको लोकसभा चुनावको अन्तिम परिणाम आज घोषणा हुँदैछ। मतदानका लागि इलेक्ट्रिक मेसिनहरू प्रयोग गरिएका थिए।
मंगलबार बिहानैदेखि निर्वाचन आयोगले मत गन्न सुरु गरेको छ। नतिजा आजै घोषणा हुनेछ।
गत १९ अप्रिलदेखि जुन १ सम्म सात चरणमा मतदान भएको थियो। ५४३ सिटमा भएको निर्वाचनमा बहुमतका लागि अर्थात सरकार बनाउनका लागि २७२ सिट चाहिन्छ।
प्रारम्भिक मत गणनामा बिजेपी नेतृत्वको एनडिए गठबन्धन र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको इन्डिया गठबन्धनबीच कतिपय स्थानमा टक्कर परिरहेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वाराणसीबाट चुनाव लडेका थिए। सुरुवातमा पछि परेका मोदी अहिले भने मत परिणाममा अघि अघि छन्। बिजेपीको निर्णायक सिट रहेको उत्तर प्रदेशमा पनि दुबैबीच कडा टक्कर छ।
कंग्रेसका राहुल गान्धी दुई ठाउँबाट चुनाव लडेका थिए। उनी दुबै स्थानमा ठूलै मतान्तरले अघि बढिरहेका छन्। उनले उत्तर प्रदेशको रायबरेली र केरल राज्यको वायानाडबाट पनि उम्मेदवारी दिएका थिए। दुबै सिटमा अहिले राहुल अघि छन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया