बिएल संवाददाता
आफ्ना पार्टी सभापतिमाथि मकैकाे खाेया प्रहार भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा.ताेसिमा कार्कीले सामाजिक सञ्जालमार्फत् सान्तवना दिएकी छन्।
पीडामा उकुसमुकुस भइरहेकाे बच्चा माया गर्ने मान्छे नजिक आएपछि साहरा भेटेकाे महसुस गरेर झन बढी राेएकाेजस्ताे ती व्यक्तिले पनि निराशै निराशले उकुसमुकुस भएकाे बेला आफूलाई माया गर्ने नेता नजिक आएकाे देखेर खाेया प्रहार गरेकाे हुन सक्ने बुझाइ उनले व्यक्त गरेकी छन्।
‘निराशै निराशाले उकुसमुकुस भएको नागरिक निराशाबीच छटपटाइरहेको बेला, उसलाई सबैभन्दा माया गर्ने नेताले नजिकै आई म छु नि भन्दा उसले विभिन्न माध्यमबाट फ्रस्टेशन पोख्यो होला’, उनले लेखेकी छन्, ‘उसलाई लाग्यो होला उसलाई माया गर्ने, उसको कुरा सुन्ने, उसको आशा बन्न सक्ने अब यही हो।’
उनले खाेयालाई फ्रस्टेशनकाे रुपमा विम्बित गरेकी छन्।
सभापति लामिछानेमाथि गत शनिबार लमजुङका सन्ताेष रानाभाटले मकैकाे खाेया प्रहार गरेका थिए। रविमाथि खाेया प्रहार भएकाे विषय अहिले चर्चामा छ।

देउवाजी बसिगया अब नैनसिंहजीको पालो...
चुनावले संसद त दिने भो, तर त्यो संसदले सरकारचाँहि दिन्छ कसरी ?
राजनीतिको राजमार्गमा झुल्किन खोजेका ‘किरण’
यस्तो छ चुनावी इपिसेन्टर झापा-५ र सर्लाही-४ को पछिल्लो स्थिति
के भैरहेछ अमेरिकाको नेपाली डायस्पोरामा ?
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया