बिएल संवाददाता
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मंगलबार मुख्यमन्त्री पाण्डेले नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनाएका हुन्।
देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री नियुक्त भएका छन्।
नवनियुक्त मन्त्री देवकोटा र मनाङेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको शपथसमेत लिएका छन्।
नेकपा माओवादी केन्द्रकाे चुनाव चिन्हबाट चुनाव लडेका देवकोटाले साेमबार फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए।
माओवादीकाे ह्विप उल्लंघन गरेर पाण्डे नेतृत्वकाे सरकार जाेगएका देवकोटाले मन्त्री उपहार पाएका हुन्। यसैगरी मनाङे गण्डकीमा छैटौँ पटक मन्त्री बनेका हुन्।
यसअघि कांग्रेसका टकराज गुरुङ आर्थिक मामिला र विन्दुकुमार थापा उर्जा मन्त्रालयमा यसअघि नै नियुक्त भइसकेका छन्। यससँगै गण्डकी ५ सदस्यीय मन्त्रिमण्डल बनेकाे छ।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया