बिएल संवाददाता
गण्डकी प्रदेशका सांसद फणिन्द्र देवकोटा पदमुक्त भएका छन्।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराएका हुन्।
नेकपा माओवादी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटालाई कारबाही गरेको पत्र शुक्रबार नै प्रदेशसभा सचिवालयमा पठाएका थिए। साेही पत्रबारे सभामुखले सदनलाई जानकारी गराएका हुन्।
गत साेमबार प्रदेशसभा बैठकमा फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादीले शुक्रबार सांसद देवकोटालाई कारबाही गरेकाे हाे।
उनले 'फ्लोर क्रस' गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि पाण्डे नेतृत्वकाे गण्डकी सरकार जाेगिएकाे थियाे। मुख्यमन्त्री पाण्डेले देवकोटालाई गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नियुक्त गरेका थिए।
नेपाल समाजवादी पार्टी (नेसपा)का सांसद देवकोटाले गोरखा क्षेत्र नम्बर २ को ‘क’मा माओवादीबाट चुनाव लडेर निर्वाचित भएका थिए।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया