बिएल संवाददाता
नेपाल समाजवादी पार्टी (नेसपा) ले प्रतिनिधिसभा सांसद महिन्द्र राय यादवलाई पार्टीबाट निष्काशन गरेकाे छ।
महिन्द्ररायसहित गंगानारायण श्रेष्ठ, रमेश प्रसाद यादवलगायतका सदस्यहरु पार्टीको सदस्यबाट हटाएकाे नेसपाले एक परिपत्र जारी गरेर जानकारी गराएकाे छ।
पार्टीको पदाधिकारी तथा केही सदस्यहरु पार्टीको विधानविपरीत गतिविधिमा लागेकोले हटाइएकाे नेसपाले जनाएकाे छ।
उनीहरुलाई पदबाट हटाएको सूचना निर्वाचन आयोगमा अद्यावधिक भएको नेसपा कार्यालय प्रमुख रोशन पोखरेलले बताए।
‘निर्वाचन आयोगले आवश्यक अध्ययन पूरा गरी आयोगको बैठक २५/मितिः २०८१ जेष्ठ ३० गतेको निर्णयले महिन्द्र राय यादव, गंगानारायण श्रेष्ठ, रमेश प्रसाद यादव लगायतका सदस्यहरु नेपाल समाजवादी पार्टीको सदस्यबाट हटाई, बाँकी सदस्यहरु पार्टीको पदाधिकारी र सदस्य कायम रहने गरी अद्यावधिक भएको/गरेको जानकारि केन्द्रीय कार्यालयमा प्राप्त भएकाले सम्पूर्ण पार्टी पंक्तिमा यो परिपत्र जारी गरिएको छ’, नेसपाले भनेकाे छ।
नेसपाले पार्टीबाट हटाइएकाहरूलाई पार्टीको नाम, चुनाव चिन्ह, लोगो र झण्डाको प्रयाेग नगर्न भनेकाे छ।
‘पार्टीको सदस्य समेतबाट हटाइएका ती व्यक्तिहरुबाट नेपाल समाजवादी पार्टीको नाम, चुनाव चिन्ह, लोगो र झण्डाको दुरुपयोग गर्दै हुने अवैधानिक गतिविधि दण्डनीय हुने भएकाले त्यस्तो गतिविधिको रिपोर्ट तुरुन्तै केन्द्रीय कार्यालयमा गर्न सबै पार्टी कमिटी र सदस्यहरुलाई निर्देशित गरिन्छ’, परिपत्रमा उल्लेख छ।

गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया