बिएल संवाददाता
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खल्तीमा राजीनामा बोकेर हिँडेको भन्ने सन्दर्भ संसदमा उठाएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद गुरुङले मन्त्रालयकाे विषयमा धेरै टिप्पणी गर्दा खेलकुदमन्त्री श्रेष्ठकाे राजीनामा पत्र खल्तीबाट खस्ने भन्दै व्यङ्ग्य गरे।
केही दिनअघि एउटा कार्यक्रममा मन्त्री श्रेष्ठले आफूहरूले खल्तीमा राजीनामा पत्र बोकेर हिँडिरहेको र त्यसमा मिति मात्रै लेख्न बाँकी रहेको बताएका थिए। उक्त अभिव्यक्तिप्रति व्यङ्ग्य गर्दै उनले आफूले संसदमा धेरै कडा बाेल्दा खल्तीबाट राजीनामा पत्र निस्किने भन्दै व्यङ्ग्य गरेका हुन्।
‘युवा तथा खेलकुद मन्त्रालयकाे विभिन्न शीर्षकका सन्दर्भमा म साह्रै धेरै टिप्पणी पनि गर्न चाहन्न। किन भन्दाखेरि हाम्राे युवा तथा खेलकुदमन्त्री खल्तीमा फेरि राजीनामा पत्रै बाेकेर हिँड्नुभएको छ। त्यसैले धेरै कडा पनि बाेल्न भएन यहाँबाट। यहाँ धेरै कडा बाेल्दाखेरि फेरि उहाँकाे खल्तीबाट फुत्रुक्क त्याे राजीनामा पत्र निस्क्याे भने अलि गाह्राे हाेला’, सांसद गुरुङले भने।
उनले मन्त्री श्रेष्ठकाे राजीनामा पत्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अप्ठ्यारो नपर्ने समेत बताए। ‘उहाँकाे खल्तीबाट राजीनामा पत्र निस्किहाल्याे भने पनि कतिलाई लाग्न सक्छ फेरि कतै प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्न सक्छ कि, पर्दैन! कतिलाई लाग्न सक्छ- उहाँकै मन्त्री पद जाने हाे कि, जाँदैन त्याे पनि’, सांसद गुरुङले भने, ‘तर एउटा कुरा के हाे भने- उहाँको खल्तीबाट राजीनामा पत्र फत्र्याक्क निस्किहाल्यो भने कतै पानीले भिज्छ कि भन्ने मलाई चिन्ता हो। पानीले नभिजोस् भन्ने मेरो चिन्ता हो। पानीमा भिज्यो भने त्यो च्यातिन्छ। नच्यातियोस् भन्ने मेरो चिन्ता हो। त्यसकारणले गर्दाखेरि सुरक्षितै राख्नुहोस्, मेरो कामना छ।’
राजीनामा पत्रलाई २०८४ काे चुनावसम्म सुरक्षितै राख्न आग्रह गर्दै उनले भने, 'बरु एउटा सुझाव दिन मन छ मलाई, राजीनामा पत्रलाई प्लास्टिकको टेप नै बनाएर राख्नुस् र २०८४ सम्मकाे चुनावअगाडिसम्म खल्तीमा राम्रोसँग राख्नुस् भन्ने मेरो आग्रह छ।’
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया