बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको मुद्दा खारेज भएको छ।
बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खनालको रिट खारेज हुने फैसला सुनाएको हो।
रिट खारेज भएसँगै महेश बस्नेतले वैधानिकता पाएका छन्। २०७९ मङ्सिरमा भएको निर्वाचनको परिणामलाई लिएर सर्वोच्चमा दायर भएको मुद्दा करिब १८ महिनापछि पेशी चढेको थियो।
एकीकृत समाजवादीका नेता खनाल इलाम–१ प्रतिनिधिसभाको चुनावमा पराजित भएका थिए। उनी एमालेका महेश बस्नेतसँग पराजित भएका थिए। बस्नेतले २५ हजार ७५३ मत प्राप्त गरेका थिए भने खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए।
पराजित भएपछि खनालले निर्वाचन बदर गरी पुनः मतदानको माग गर्दै २०७९ मंसिर २७ गते रिट दायर गरेका थिए। उक्त रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएको थियो।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया