बिएल संवाददाता
पर्सा राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागी एक जनाको मृत्यु भएको घटना संसदमा प्रवेश गरेको छ। जेठ ७ गते पर्सा राष्ट्रिय निकुञ्जमा गस्तीमा गएको सेनाको टोलीले हानेको गोली लागेर हेटौँडा उपमहानगर वडा नं १४ का ५२ वर्षीय सुकबहादुर तिक्तुङ्गको मृत्यु भएको थियो।
उक्त घटनालाई अहिले संसदमा पुगेको छ। संसदमा नेकपा एमालेका प्रमुख सचेत महेश बर्तौलाले दिनदहाडै गोली हानेर नागरिकको हत्या गरिएको भन्दै गोली हान्ने, हान्न आदेश दिनेलाई कार्वाही गर्न माग गरे।
‘सामान्य मानवीयता नराखेर सुरक्षाकर्मीले नागरिकको हत्या गर्यो। लोकतन्त्रमा यसरी नागरिकलाई दिनदहाडै गोली ठोकेर मारिने जे परिस्थित विकास भयो यो गलत भयो’, उनले संसदमा विशेष समयमा भने, ‘यस घटनामा संसदको ध्यानाकर्षण गराउन चाहन्छु कि अब आरक्षणका कर्चारी, सुरक्षा निकायका कर्मचारीमाथि छानबिन गरेर दोषिलाई कार्वाही गरियोस्।’
बर्तौलाले गोली लागेर मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ती दिन पनि माग गरे।
यद्यपि सेनाले भने निकुञ्जमा गस्तीमा रहेको समयमा दोहोरो झडपमा भएको बताएको छ। पर्सा निकुञ्जमा सुकबहादुरसहित ५ जना सिकार खेल्न गएको बताइएको छ।
यो पनि– सिकारी र सेनाबीच दोहोरो झडप हुँदा एक सिकारीको मृत्यु
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया