
बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूले घनश्याम भुसाललाई अध्यक्षमा सघाउने सहमति नभएको बताएका छन्।
बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकबााट बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेता खनालले यस्ताे बताएका हुन्।
उनले अध्यक्षमा आफ्नो दाबी जारी रहेको बताउँदै भुसालसँग सहमति नभएको स्पष्ट गरे। नेता खनालले आफ्नो नाममा सहमति नहुनुपर्ने कारण के छ भन्दै आफ्नो नाममा सहमति बन्ने बताए।
बुधबार खनाल निवासमा भुसालसँगको छलफलपछि उनलेअध्यक्षमा भुसाललाई सहमति गर्ने भएको बताइएको थियो।
असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा वर्तमान अध्यक्ष माधव नेपाललाई नेता खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने बताइएकाे छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया