
बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई कारबाहीको माग गरिएको छ।
अधिकांश केन्द्रीय सदस्य तथा सांसदहरूले आम–जनमानसमा ‘रास्वपाबारे भ्रम फैलाएको’ र ‘विश्लेषण प्रतिवेदन’को नाममा अराजकता मच्चाएको आरोपमा तत्काल पदबाट हटाउनुपर्ने माग गरेका छन्।
पार्टीको आधिकारिक बैठकमा उठाउनुपर्ने विषयहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट छताछुल्ल बनाएको भन्दै उपसभापति डीपी अर्यालले सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएका छन्।
अर्यालनिकट एक नेताले बताएअनुसार महामन्त्री ढकाललाई तत्काल कारबाही गुर्नपर्नेमा बहुमत सदस्यको मत छ।
‘महान्त्रीले अलिहे जे हल्ला गरिरहनुभएको छ, त्यो राम्रो होइन। उहाँले महामन्त्रीको गरिमा नै बिर्सिनुभयो। उहाँलाई कारबाही हुनैपर्छ,’ रास्वपाका एक केन्द्रीय सदस्यले भने।
महामन्त्री ढकालले प्रतिवेदनमा उठाएका कतिपय विषय गम्भीर र सान्दार्भिक भएपछि उनको शैली अराजक भएको लगभग सबै शीर्ष नेताहरूको बुझाइ छ।
रास्वपाका अधिकांश नेताहरू महामन्त्रीसँग सन्तुष्ट नभएको उपसभापति स्वर्णिम वाग्लेनिकट नेताहरूले बताएका छन्।
‘मुकुलजी गुटबन्दीमा रमाउने स्वभावको मान्छे हुनुहुँरहेछ! उहाँलाई महामन्त्री पद भारी भएको जस्तो लाग्छ,’ ती नेताले भने, ‘केटाकेटीको जस्तो व्यवहार देखाएर त पार्टी चल्दैन नि! उहाँलाई चाडै कारबाही गर्नुपर्छ।’
त्यसो त महामन्त्री ढकालले देशभर घुमेर तयार पारेको रास्वपाको पछिल्लो विश्लेषण प्रतिवेदनले पार्टीभित्र र बाहिर चासो बढाएको छ। बहुसंख्यक नेताहरूले त्यही प्रतिवेदनको विषयमा केन्द्रीत रहेर महामन्त्रीलाई पदबाट हटाउनुपर्ने काम राखेका छन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया