बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकाललाई कारबाहीको माग गरिएको छ।
अधिकांश केन्द्रीय सदस्य तथा सांसदहरूले आम–जनमानसमा ‘रास्वपाबारे भ्रम फैलाएको’ र ‘विश्लेषण प्रतिवेदन’को नाममा अराजकता मच्चाएको आरोपमा तत्काल पदबाट हटाउनुपर्ने माग गरेका छन्।
पार्टीको आधिकारिक बैठकमा उठाउनुपर्ने विषयहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट छताछुल्ल बनाएको भन्दै उपसभापति डीपी अर्यालले सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएका छन्।
अर्यालनिकट एक नेताले बताएअनुसार महामन्त्री ढकाललाई तत्काल कारबाही गुर्नपर्नेमा बहुमत सदस्यको मत छ।
‘महान्त्रीले अलिहे जे हल्ला गरिरहनुभएको छ, त्यो राम्रो होइन। उहाँले महामन्त्रीको गरिमा नै बिर्सिनुभयो। उहाँलाई कारबाही हुनैपर्छ,’ रास्वपाका एक केन्द्रीय सदस्यले भने।
महामन्त्री ढकालले प्रतिवेदनमा उठाएका कतिपय विषय गम्भीर र सान्दार्भिक भएपछि उनको शैली अराजक भएको लगभग सबै शीर्ष नेताहरूको बुझाइ छ।
रास्वपाका अधिकांश नेताहरू महामन्त्रीसँग सन्तुष्ट नभएको उपसभापति स्वर्णिम वाग्लेनिकट नेताहरूले बताएका छन्।
‘मुकुलजी गुटबन्दीमा रमाउने स्वभावको मान्छे हुनुहुँरहेछ! उहाँलाई महामन्त्री पद भारी भएको जस्तो लाग्छ,’ ती नेताले भने, ‘केटाकेटीको जस्तो व्यवहार देखाएर त पार्टी चल्दैन नि! उहाँलाई चाडै कारबाही गर्नुपर्छ।’
त्यसो त महामन्त्री ढकालले देशभर घुमेर तयार पारेको रास्वपाको पछिल्लो विश्लेषण प्रतिवेदनले पार्टीभित्र र बाहिर चासो बढाएको छ। बहुसंख्यक नेताहरूले त्यही प्रतिवेदनको विषयमा केन्द्रीत रहेर महामन्त्रीलाई पदबाट हटाउनुपर्ने काम राखेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया