बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण साेधेकाे छ।
‘समीक्षा यात्रा’ प्रतिवेदनका सन्दर्भमा दिएकाे सार्वजनिक अभिव्यक्तिलाई लिएर रास्वपाकाे अनुशासन आयाेगले शुक्रबार ढकाललाई स्पष्टीकरण साेधेकाे हाे।
महमन्त्री ढकालले आफूलाई पत्रमार्फत स्पष्टीकरण साेधिएकाे बताए। यद्यपि, पत्रमा के-के कुरा उल्लेख गरिएकाे छ भन्नेबारे खुलाएकाे छैनन्।
ढकालले एक महिने समीक्षा यात्रा गरेर तयार पारेकाे प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका छन्। रास्वपाकाे जनमत नभएकाे, यदि रास्वपा यही अवस्थामा अगाडि बढेमा आगामी निर्वाचनमा १-२ सिट पनि जित्न मुस्किल हुने, काठमाडाैँ महानगरपालिका मेयर बालेन्द्र साहसँग सहकार्य गर्नु उचित हुने सुझाव प्रतिवेदनमा उल्लेख गरेकाे महामन्त्री ढकालले सञ्चार माध्यमहरुलाई बताउँदै आएका छन्।
रास्वपाले महामन्त्री ढकालबाट प्राप्त प्रतिवेदन भने अहिलेसम्म औपचारिकरुपमा सार्वजनिक गरेकाे भने छैन।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया