बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का सचिव मेटमणि चौधरीले आफ्नो पार्टीको महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नबोलाएको दाबी गरेका छन्।
उनले एसको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका प्रमुखहरूलाई हार्दिकतापूर्वक निम्तो गरेपनि ‘प्रतिगमनकारी ओली’लाई खासै महत्व नदिएको जिकिर गरेका हुन्।
आइतबारदेखि काठमाडौँमा सुरु हुन लागेको नेकपा (एस)को दशौँ महाधिवेशनको उद्घाटन समारोहमा ‘ओली नजाने’ चर्चा भइरहेका बेला सांसदसमेत रहेका चौधरीले एमालेलाई औपचारिकताका लागि मात्रै पत्र पठाएको बताएका छन्।
‘संविधान च्यात्ने, संसद भंग गर्ने, लोकतन्त्रको हत्या गर्ने, दम्भ र अहंकार भरिएको पात्रलाई हाम्रो महाधिवेशनको उद्घाटन सत्रमा बोलाएका छैनौँ,’ उनले भने।
नेता चौधरीले एसको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपाका सभापति रवि लामिछानेलगायतका शीर्ष नेतालाई निमन्त्रणा गरेको बताएका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया