बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी)का सचिव मेटमणि चौधरीले आफ्नो पार्टीको महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई नबोलाएको दाबी गरेका छन्।
उनले एसको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका प्रमुखहरूलाई हार्दिकतापूर्वक निम्तो गरेपनि ‘प्रतिगमनकारी ओली’लाई खासै महत्व नदिएको जिकिर गरेका हुन्।
आइतबारदेखि काठमाडौँमा सुरु हुन लागेको नेकपा (एस)को दशौँ महाधिवेशनको उद्घाटन समारोहमा ‘ओली नजाने’ चर्चा भइरहेका बेला सांसदसमेत रहेका चौधरीले एमालेलाई औपचारिकताका लागि मात्रै पत्र पठाएको बताएका छन्।
‘संविधान च्यात्ने, संसद भंग गर्ने, लोकतन्त्रको हत्या गर्ने, दम्भ र अहंकार भरिएको पात्रलाई हाम्रो महाधिवेशनको उद्घाटन सत्रमा बोलाएका छैनौँ,’ उनले भने।
नेता चौधरीले एसको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपाका सभापति रवि लामिछानेलगायतका शीर्ष नेतालाई निमन्त्रणा गरेको बताएका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया