
बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशमा भागबन्डा मिलाउन मन्त्रालय फुटाइएकाे छ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिन ४ वटा मन्त्रालय फुटाएका हुन्।
उनले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर मन्त्रीहरूलाई जिम्मेवारी ताेकेका हुन्।
भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत तथा सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ।
जसमा जलस्रोत तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी नेकपा (माओवादी केन्द्र)का अक्कलबहादुर रावललाई जिम्मेवारी दिइएको छ भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई तोकिएको छ।
यसैगरी सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ।
जसअन्तर्गत शिक्षा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रकै लक्ष्मी विकलाई दिइएको छ भने माओवादीकै ओमविक्रम भाटलाई स्वास्थ्य महिला तथा बालबालिका मन्त्रालय तोकिएको छ।
यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयलाई फुटाएर वन, वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार र उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ।
जसमा एमालेका वीरबहादुर थापालाई वन, वातावरण तथा सहकारी मन्त्रालय, नेकपा (एकीकृत समाजवादी)की माया पन्तलाई उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालयमा जिम्मेवारी दिइएको छ भने नागरिक उन्मुक्तिकी टीका थापालाई कृषि तथा भूमि सुधार मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया