बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सह–महामन्त्री कबिन्द्र बुर्लाकोटीले ‘महामन्त्री मुकुल ढकालले तयार पारेको विश्लेषण प्रतिवेदन’पछि उत्पन्न नयाँ विवादप्रति चिन्ता व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्चालमार्फत् रास्वपा शीर्ष नेताहरूलाई राजनीतिक आचारसंहिताको उल्लंघनले पार्टीभित्र ठूलो क्षति हुनसक्ने चेतावनी दिएका छन्।
महामन्त्री ढकाल लक्षित ‘घुमाउराे शैलीको लामो स्टाटस’ लेख्दै सह–महामन्त्री बुर्लाकोटीले भनेका छन्, ‘घोडा बग्गीको आचारसंहिताभन्दा राजमार्ग ट्राफिक आचारसंहिता संवेदनशील हुन्छ, ट्राफिक आचारसंहिताभन्दा हवाईउड्ययन आचारसंहिता संवेदनशील हुन्छ, हवाई उड्ययन आचारसंहिताभन्दा राजनैतिक जिम्मेवारीको आचारसंहिता संवेदनशील हुन्छ। आचारसंहिताको लेनक्रसले, दुर्घटना हुँदा बग्गीमाभन्दा राजमार्गमा बढी, राजमार्गमाभन्दा हवाई उड्ययनमा बढी र हवाई उड्ययनमा भन्दा राजनीतिमा बढी क्षति पुग्छ।’
उनले महामन्त्री ढकाललाई ‘राजनीति’ भन्ने शब्द विश्वासमा अडिएको पनि पाठ पढाएका छन्। सभापति रवि लामिछानेलाई आफूले तयार पारेको ‘विश्लेषण प्रतिवेदन’ सुम्पिएपछि मास–मिडियामा महामन्त्रीले देखाइरहेको रबैयालाई आचारसंहिता उल्लंघन गरेको बुर्लाकोटीको ठहर छ।
‘राजनीति विश्वासमा अडिएको हुनाले यसको संबेदनशिलता सामान्य समाजशास्त्रीय मान्यता भन्दा बढी हुन्छ। र राजनीतिमा जब विश्वासको खडेरी पर्दछ, त्यो उही अवस्थाबाट अगाडि बढ्न सक्दैन,’ उनले भनेका छन्।
रास्वपा महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको ‘समीक्षा–यात्रा’को प्रतिवेदनपछि रास्वपामा तरङ्ग उत्पन्न भएको छ।
सभापतिले प्रतिवेदन सार्वजनिक नगर्दै महामन्त्री ढकालले सञ्चारमाध्यमबाट बाहिर ल्याएका छन्। उनी कुरालाई लिएर पार्टी अनुशासन आयोगले महामन्त्रीलाई स्पष्टीकरणसमेत सोधेको छ।
महामन्त्री ढकालले पार्टीको बैठकबाट सार्वजनिक नहुँदै प्रतिवेदनमा उल्लेख कुराहरू बाहिर ल्याएको भन्दै रास्वपाका बहुमत नेताहरूले आपत्ति जनाएका छन्।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया