बिएल संवाददाता
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का बहुमत सांसदहरुले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई संसदीय दलकाे नेताबाट हटाएका छन्। आइतबार बसेकाे दलकाे बैठकले अध्यक्ष श्रेष्ठलाई दलकाे नेताबाट हटाउने निर्णय गरेकाे हाे।
उक्त निर्णयमा गंगाराम चाैधरी डगाैरा, अरुणकुमार चाैधरी, लालवीर चाैधरीकाे हस्ताक्षर छ। अध्यक्ष श्रेष्ठकाे हस्ताक्षर भने छैन।
त्यस्तै बैठकले गंगाराम चाैधरी डगाैरालाई संसदीय दलकाे नेता बनाउने निर्णय गरेकाे छ। भने, लालवीर चाैधरीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेकाे छ।
याे निर्णय साेमबार बिहान संसद सचिवाललाई बुझाउने तयारी नाउपाकाे छ।
नागरिक उन्मुक्ति पार्टीमा संरक्षक रेशम चाैधरी र अध्यक्ष श्रेष्ठबीच विवाद छ। याे पनि उक्त विवादकाे प्रभाव भएकाे अनुमान गरिएकाे छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया